अन्जु र प्रताप दासको नयाँ गीत ‘आमा’ सार्वजनिक

भदौ २३, २०७९


गायिका अन्जु पन्त र गायक प्रताप दासको स्वर रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । सुदन खत्रीको शब्द रहेको गीतमा एलेन मगरको संगीत छ ।

आमा छोराबीचको दुःखका प्रसंग समेटिएको गीतको संगीत संयोजन विशाल निरौलाले गरेका हुन् । घरको समस्या टार्न विदेश जान लागेको छोरालाई नेपालमै बस्न आमाले गरेको बिलौना गीतमा छ ।

गीतको भिडियो भने राणाव इन्टरटेनमेन्टले निर्माण गरेको हो । रश्मी भट्ट, जिम्बे राई, मदन थापा लगायतको अभिनय रहेको भिडियो राहुल बराइलीले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन रहेको छ ।