दंगीशरणका स्वास्थ्य सस्थाहरुको बार्षिक समिक्षा सम्पन्न
प्रमोद आचार्य । भाद्र २४, USAID को साझेदारि दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा हेकुलिको आयोजनामा दंगीशरण गाउँपालिका अन्तर्गतका स्वास्थ्य सस्थाहरुको पालिका स्तरीय २ दिने बार्षिक समिक्षा कार्यक्रम दंगीशरण गाउँपालिकाको शभाहलमा सम्पन्न भएको छ । दंगीशरण गाउँपालिकाका ७ वटै वडामा रहेका स्वास्थ सस्थाहरुको बार्षिक प्रगति समिक्षा गरिएको छ । २ दिन सम्म चलेको बार्षिक समिक्षा कार्यक्रममा प्रत्यक स्वास्थ्य सस्थाहरुका प्रमुखहरुले आफ्नो स्वास्थ्य सस्थाको बिगतको अबस्था र अहिलेको अबस्था प्रस्तुत गर्दै गरेका उपलब्धि र भएका समस्याहरुको बारेमा जानकारि गराएका थिय । समिक्षा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका तथ्यांक अधिकृत मेघराज पौडेल, स्वास्थ्यका लागि सक्षम प्रणालिका शसिदेब शाह र निर्माया गुरुङको शहभागिता रहेको थियो ।
बार्षिक समिक्षा कार्यक्रमको शभापतित्वको आशनबाट बोल्दै गाउपालिका अध्यक्ष शम्भु गिरीले स्वास्थ्य नागरिकको महत्त्वपूर्ण पक्ष भएकाले पनि समृद्ध दंगीशरणको नारालाइ सार्थकाता दिन हरेक नागरिकमा स्वास्थ्यको पहुँच पुग्न जरुरि रहेको बताउनुभयो । स्वास्थ्य सस्थाहरुलाइ चुस्त दुस्त राख्न र मापदण्ड अनुसारका औसधि र दिनुपर्ने सेवाहरुमा सक्रिय रहेर सेवा दिन स्वास्थ्य शाखा प्रमुखहरुलाइ निर्देशन समेत दिनुभयो । बिशिस्ट अथितिको आसन बाट बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा खड्काले दंगीशरण गाउँपालिका भित्रका स्वास्थ्य सस्थाहरुले आफ्नो स्वास्थ्य शाखा भित्रको अवस्थालाइ सन्तोषजनक अवस्था सम्म ल्यायको प्रति स्वास्थ्यकर्मीहरुलाइ धन्यवाद दिनुभयो ।
यस्तै स्वास्थ्य शाखाहरुका समस्याहरुलाइ मासिक रुपमा जानकारी गराउदै औसधि र सेवा अभाब हुन नदिन आग्रह समेत गर्नुभयो । यस्तै पालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर वलिले हरेक स्वास्थ्य सस्थाका समस्या र प्रगति विवरण समिक्षा कार्यक्रम मार्फत आफुले बुझेको र यसको समाधानका लागि अफुले पहल थाल्ने बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालको स्वागत मन्तब्यवाट शुरु भएको बर्षिक समिक्षा कार्यक्रमको सहजिकरण गाउपालिकाका हेल्थ असिस्टेन्ट प्रदिप योगिले गर्नुभयको थियो ।