सर्पको टोकाइबाट दाङमा एक बालिकाको मृत्यु

भदौ २४, २०७९


देउखुरी २४ भदौ ।

सर्पको टोकाइबाट दाङको राजपुरमा एकजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नं ५ महतिनिखोला निवासी ११ वर्षिया सानुमाया विक रहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

बिहिवार राती घरमै सुतिरहेको समयमा उनलाई औलामा टोकेको थियो। उनलाई उपचारको लागि लमही ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शवलाई लमही अस्पतालको शवगृहमा राखिएको छ ।