जिल्ला स्तरिय हाजिरि जवाफ सम्पन्न

भदौ २४, २०७९


तुलसिपुर २४ भाद्र, एन प्याव्सन दाङकाे अायाेजनामा अाज जिल्ला स्तरिय हाजिरि जवाफ तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । एन प्याव्सन दाङका अध्यक्ष विमल गाैतमकाे अध्यक्षता, एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुवाेध कुमार डागिकाे प्रमुख अातित्थ्यता तथा तुलसिपुर शिक्षा महाशाखा प्रमुख चक्र भण्डारि र ज्ञान ज्याेति माविका सिईअाे सुरेन्द्र जिसिकाे विशिष्ट अातित्थ्यतामा कार्यक्रम भएको थियाे । तुलसिपुरकाे ज्ञान ज्याेति माविमा भएको हाजिरि जवाफ प्रतियोगितामा अमृत विद्या मन्दिर शान्तिनगरका सुवर्णा विष्ट र निश्चल पाण्डेकाे समूह प्रथम भएका छन ।
त्यस्तै गरि प्रतियाेगितामा डिभाईन टेम्पल एकाडेमि तुलसिपुर ६ का शुलभ रावत र जेनिसा विसिकाे समूह दितिय , जनपृय ईगलिस स्कुल वालापुरका साजन गिरि र राेजिना चाैधरिकाे समूह तृतिय भएका थिय । त्यसैगरि प्रतियोगितामा सान्त्वना स्थान लाेकपृय विद्या मन्दिर शान्तिनगरका किरण रावत र साेनु खडकाकाे समुह भएको थियाे ।
साेहि अवसरमा एसईई परीक्षा २०७८ मा नेशनल प्याव्सन दाङमा अावद्द विद्यालय मध्येवाट सवैभन्दा धेरै जिपिए ३.९५ सहित उत्तीर्ण हुने ज्ञान ज्याेति माविका छात्र दय सुवास वलि र रिक्कि बाबू भट्टराई तथा छात्रा तर्फ समेत३.९० जिपिय सहित उत्तीर्ण हुने साेहि विद्यालयका निशा याेगि र मुना शर्मा लाई सम्मान गरियकाे थियाे । उक्त अवसरमा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल ज्ञान ज्याेति मावि लाई समेत सम्मान गरियकाे थियाे ।
प्रतियाेगितामा प्रथम, दितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान तथा पुरस्कृत गरियकाे थियाे । साे अवसरमा एन प्याव्सन प्रदेस नम्बर ५ का सदस्य केपि न्याैपाने लगायतकाले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियाे । एन प्याव्सन दाङका उपाध्यक्ष भाेजराज न्याैपानेकाे स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमकाे संचालन सचिव ठाकुर प्रसाद डागिले गर्नुभएको थियाे ।