बाहिनी चोकमा टयाक्टरमा मोटरसाईकल ठोक्किदा एक जना घाइते

भदौ २६, २०७९


तुलसीपुर, २६ भदौ ।

दाङको तुलसीपुरमा रोकि राखिएको टयाक्टरमा ठोक्किएर एक जना घाइते भएको प्रहरीले बताएको छ । घाईते हुनेमा तुलसीपुर –५ निबासी ५४ बर्षका गोपाल खत्री घाइते भएको ईलका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।
बीपी चोकबाट गुम्राह चोक तर्फ गइरहेको रा५प ५००३ नम्बरको मोटरसाईकल बाहिनी चोक नजिकै रोकिराखेको लु१त८६४७ नम्बरको ट्याक्टरमा ठोकिकदा खत्री घाइते भएको प्रहरीले बताएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएकोछ । दुर्घटना शनिबार राति कबिर ९ बजे भएको थियो ।