प्रधान सेनापति र अमेरिकाका राजदूतबीच भेटवार्ता

भदौ २७, २०७९


तुलसीपुर २७ भदाै । 

प्रधान सेनापति प्रभुराम शर्मा र अमेरिकाका राजदूत रेन्डी डब्ल्यू बेरी बीच जंगी अड्डामा भेटवार्ता भएको छ । आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्किने क्रममा  सो भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा प्रधान सेनापति महारथी शर्माले राजदूतले पूरा गर्नुभएको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना समेत दिनु भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।