तुलसीपुरमा अबदेखि हाटबजार लाग्ने
भदौ ३०, २०७९
तुलसीपुर, ३० भदौ ।
तुलसीपुरमा अब देखि प्रत्येक साताको शनिबार हाटबजार लाग्ने भएको छ । तुलसीपुर उपमहानगरपालिका– ६ मा रहेको तरकारी बजार परिसरमा साताको एकदिन शनिबार हाटबजार संचालन हुने वडा अध्यक्ष दुजमान भण्डारीले जानकारी दिनुभयो ।
स्थानीय कृषि तथा पशुपंक्षीजन्य उत्पादनलाई बजारीकरण गर्नका लागि हाटबजार लगाउने तयारी गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । सडक पेटिमा राखेर जथाभावि बिक्री गरिने कृषिजन्य बस्तुको व्यापारलाई हाट बजारले घटाउँदै लैजाने बताउँदै अध्यक्ष भण्डारीले एकातर्फ उपभोक्ताले ताजा तरकारी उपभोग गर्न पाउने र अर्को तर्फ कृषक गरेको उत्पादनले पनि बजार पाउने बताउनुभयो ।