अपांगता भएका व्यक्तिका लागि बजेट छुट्टाएर अगडि बढेकाछौ दंगीशरण अध्यक्ष गिरी
![](http://sampurnakura.com/wp-content/uploads/2022/09/received_616246083374052-1024x768.jpeg)
प्रमोद आचार्य । भाद्र ३०, अपांग मानब अधिकार एबम सरोकार मंच दाङको अयोजनामा सबैका लागि पढाइ कार्यक्रम स्थानीय तहसङ्ग योजना तर्जुमा तथा समन्वयत्मक बैठक दंगीशरण गाउँपालिकाको शभाहलमा सम्पन्न भएको छ । अपांग मानब अधिकार एबम सरोकार मन्च दाङकी अध्यक्ष भबिशरा घर्तिको शभापतित्व, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख अथित्यता, तथा गाउँपालिका उपाध्यक्ष पिमा खड्काको बिशिस्ट आथित्यतामा समन्वयत्मक बैठक भएको हो । अपांगता भएका ब्यक्तिहरुको प्रारम्भिक पहिचान गरी मुलधारमा कसरि ल्याउन सकिन्छ भन्ने उदेश्य सहित बैठकको आयोजना गरीएको थियो । कार्यगत सिमितता भएका बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन पनि परियोजनाले सहयोग गरेको अपांग मानब अधिकार एबम सरोकार मन्च दाङका परियोजना अधिकृत राम संकर यादबले बताउनुभयो । बैठकका सहभागीहरुले रुचि, अबरोध, सक्षमता, को पहिचान गरि सैक्षनिक योजनाका साथ विद्यार्थीको सिकाइमा लाग्नु पर्ने बताएका थिय । कार्यक्रममा प्रमुख अथितिको आसन बाट बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु निर्बाचित भएर आइसकेपछि अपांगता भएका ब्यक्तिहरुका लागि पालिका तवर बाट केहि बजेट छुट्टाएको र त्यस्को कार्यान्वयनको चरणमा आफुहरु रहेको बताउनुभयो । आफुले पहिलो निर्णय अपांगता तथा जेस्ठ नागरिकहरूका लागि गरेकाले पनि आफु अपांगको हरेक कुरामा सङ्ग सङ्गै रहेको पनि बताउनुभयो । एस्तै वडा न ६ का वडा अध्यक्ष तथा सामाजिक बिकाश समितिका सयोजक रोशन जंग शाहले भौतिक पुर्बाधार बिकासमा मात्र जोड दिनभन्दा पनि सामाजिक विकाशमा जोड दिनु पर्ने बताउनुभयो । गाउँपालिकाले अपांगको क्षेत्रमा बजेट छुट्टाएकाले पनि दंगीशरण सदैब प्रतिबद्ध रहेको बताउनुभयो । वडा न ७ का वडा अध्यक्ष रेशम वलिले क, र, ख, बर्गलाइ मात्र सरकारले अपांग भत्ता दिएकाले ग र घ बर्गका अपांगलाइ पनि कार्यपालिकामा छलफल गरेर केहि रकम छुट्टाउनु सके उनिहरुलाइ न्याय हुने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलि र परियोजना अधिकृत राम संकर यादबले अपांगताको छुट्टाछुट्टै क्षेत्रमा आफ्नो प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो ।