अटोमा आगो लगाउने २ जना पक्राउ
असोज ०१, २०७९
तुलसीपुर १-असोज।
दाङको घोराही उपमहानगरपालिका– १५ विपिचोक नजिक घर अगाडी रोकि राखेको अटोमा आगो लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अटोमा आगो लगाएको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका वडा नम्बर १७ कृष्ट हस्पिटल चोक स्थायी घर भई हाल घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा बस्ने २३ वर्षिय मिलन पौडेल र बाग्लुङमा स्थायी घर भई हाल घोराही उप–महानगरपालिका वडा नम्बर १५ विपि चोकमा डेरा गरी बस्ने २९ वर्षिया कमला दर्जीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।