पूर्व डिभिजन कमान्डर मास्के एकल सिफारिश

असोज ०२, २०७९


दाङ,२ असोज ।
पूर्व डिभिजन कमाण्डर धनबहादुर मास्के‘राजेश’को दाङ क्षेत्र नं.३ को प्रदेशसभा‘ख’बाट एकल सिफारिश भएको छ । आईतबार बसेको पार्टीको क्षेत्रीय कमिटि बैठकले राजेशको नाम एकल सिफारिश गरेको पार्टीका प्रदेश कमिटि सदस्य तथा क्षेत्र नं.३ का इञ्चार्ज भिबहादुर वली‘ड्राईभरले’ बनाए ।

मास्के डिभिजन कमाण्डर हुँदा निकै चर्चित नेता हुन् । हाल उनी माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादीले सबै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिश गरेको छ । सोही अनुसार मास्केलाई क्षेत्र नं.३ को प्रदेशसभा ‘ख’बाट सिफारिश गरिएको हो ।उनी प्रतिनिधिसभाकालागि पनि सिफरिश भएका छन् ।

तर, प्रतिनिधिसभा काँग्रेसले पाउन सक्ने आँकलन गरिएको छ, भने माओवादी केन्द्रले दाङ क्षेत्र नंं.३ को प्रदेशसभा ‘ख’ पाउने आँकलन भएकाले पनि मास्के यो पटक त्यो निर्वाचन क्षेत्रबाट चुनाब लड्न सक्नेछन् । उनी सक्रिय राजनीतिमा आएसंगै पार्टी भित्र उत्साह थपिएको पार्टीका नेता वलीले बताए ।‘अब युवा नेतृत्व चाहिएको छ’,उनले भने । उनका सहकात्रीहरु यस अघि नै मन्त्री तथा शक्तिशाली पदमा पुगिसकेका छन् ।