मोफसल यात्रामा निस्कदै ‘बाबरी’
फिल्म ‘बाबरी’ युनिटले मोफसल यात्रा गर्ने भएको छ । फिल्मको प्रचारका लागि निर्माण युनिटले असोज ५ देखि मोफसल दौड सुरु गर्न लागेको हो । असोज ५ गते पूर्वको विर्तामोडबाट सुरु हुने यात्रा ६ ठूला सहरमा आयोजना हुने निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । यात्रामा निर्माण युनिटले असोज ६ गते इटहरी, ७ गते नारायणगढ, ८ गते बुटबल र ९ गते पोखरामा कार्यक्रम गर्नेछ । असोज ९ गतेबाट १२ गतेसम्म भने काठमाडौं विभिन्न ठाउँमा सांगीतिक कन्सर्ट गर्ने निर्माण टिमको तयारी छ ।
फिल्मको प्रचार सर्वसाधारण माझ पुर्याउने उदेश्यले मोफसल यात्रा सुरु गर्न लागेको निर्मात्रा पुष्पलता बुढाथोकीले बताइन् । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा अदिति बुढाथोकी, धीरज मगर, धिरज नाडकर ‘टोटलानी’, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ लगायतको अभिनय छ ।