सत्य तथ्य समाचार संप्रेषण गर्न पत्रकारहरूलाई प्रमुख प्रशासकीय अधिकृत वलीको सुझाव

असोज ०५, २०७९


भालुवाङ, ५ असोज । 

दाङको राप्ती गाउँपालिकामा केही दिन अघि सरूवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीलाई बुधबार राप्ती प्रेस मञ्चले स्वागत गर्नुका साथै परिचयात्मक कार्यक्रम गरेको छ । लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालयबाट राप्ती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आउनुभएका वलीलाई मञ्चले स्वागत गरेको हो । स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत वलीले पत्रकारहरूलाई सत्य तथ्य सुचनाहरू संप्रेषण गर्न सुझाव दिनुभएको छ। उहाले गाउँपालिकामा हुने राम्रा कुराको प्रचार प्रसार गर्न र नराम्रा कुराको खवरदार आवश्यक रहेको बताउनु भएको थियो । प्रमुख अतिथि समेत रहनु भएका वलीले राजधानी कार्यान्वयका विषयमा पत्रकारहरू सकरात्मक कुराहरू संप्रेषण गर्न र राजधानीलाई प्रभाव पार्ने कुरामा विषेश ध्यान दिन सुझाव समेत दिनुभएको होे । त्यस्तै उहाले आफू राप्ती गाउँपालिकामा रहँदा सम्म इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

त्यस्तै कार्यक्रममा सहभागी पत्रकारहरूले प्रमुख प्रशासकीय अधिकृत वलीलाई मिडियामैत्री बन्न सुझाव दिनु भएको थियो ।मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपककुमार चौधरी, ७ का वडा अध्यक्ष सिताराम चौधरी, ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङ, मञ्चका प्रमुख संरक्षक महेश रिजाल, उपाध्यक्ष बासुदेव न्यौपाने, सचिव बलराम शाही ९भिसुन, कोषाध्यक्ष हुमा सुनार, सदस्य किरण जिसी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गर्नु भएको थियो ।