डेङ्गी रोग बारे सचेतना फैलाउदै दंगीशरणका स्वास्थ्य सस्थाहरु

असोज ०६, २०७९


प्रमोद आचार्य । असोज ७, प्राथमिक स्वास्थ्य केन्द्र बागरले पछिल्लो समय बढिरहेको डेङ्गी रोगको रोकथाम तथा बच्ने उपायका लागि टोल टोलमा जनचेतनामुलक अभियान थालेको छ । जस अन्त्तर्गत प्राथमिक स्वस्थ्य केन्द्र बागरका डाक्टर स्टाफ सहितको टोलिले माइकिङ गर्दै डेङ्गी रोग बाट बच्न अपनाउन सकिने उपाय सहित र्यालि गरेको छ । दंगीशरण स्वास्थ्य शाखाको पहलमा अफ्ना स्वास्थ्य सस्थाहरुलाइ डेङ्गी रोगको रोकथाम तथा बच्ने उपायबारे सचेतना फैलाउन निर्देशन दिएको स्वास्थ्य शाखा हेकुलीका प्रमुख राजेन्द्र हमालले बताउनुभयो ।घर छेउका खाल्डा खुल्डि पुरौ, सरीर ढाक्ने पुरा कपडा लगाऔ, भन्दै टोल टोलमा सचेतना अभियान थालेको वडा न. ६ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्यकेन्द्र बागरका ब्यबस्थापन समितिका अध्यक्ष रोशन जंग शाहले बताउनुभयो ।