पूर्णिमाले सार्वजनिक गरिन् ‘रुपै मोहनी’

असोज ०६, २०७९


गायिका पूर्णिमा लामाको नयाँ गीत ‘रुपै मोहनी’ सार्वजानिक भएको छ । गीत गायनमा गायिका लामालाई पुष्पराज बसेलले स्वरमा साथ दिएका छन् । रामकृष्ण महराको शब्द, भीम बिसीको संगीत रहेको गीतमा तथा संगीत संयोजन आमोस तामाङको छ ।

गीतको भिडियोमा महेश खडका र बि.डि शाहले अभिनय गरेका छन् । जिबी अग्रीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमकथा देखाएन खोजिएको छ । छायांकन तथा सम्पादन पवन सुस्लिङको रहेको भिडियोमा दिपक एम सिंहको नृत्य छ ।

सानैदेखि गायन सुरु गरेकी लामा डेढ दशकदेखि निरन्तर गीत संगीतमा क्रियाशील छन् । हालसम्म उनले ४०० बढी गीत गाइसकेकी छन् ।