मदनकृष्णको अभिनयमा ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक

असोज ११, २०७९


गायक स्वरूपराज आचार्यको स्वर तथा केदार पनेरुको शब्द रहेको गीत ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक भएको छ । गीतमा कृति न्यौपानेको संगीत छ ।

गीतको भिडियोमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अभिनय छ । भिडियो अभिनयमा श्रेष्ठलाई मञ्जु श्रेष्ठ र सुनिल बन्जाडेले साथ दिएका छन् । बालकलाकार स्विकृति मगराती, सुगम रेग्मी, अर्पणा श्रेष्ठ र प्रवेश खड्काको पनि भिडियोमा अभिनय छ ।

दिनेश पराजुलीको छायांकन र राकेश दाहालको सम्पादन रहेको भिडियोका निर्देशक वसन्त सापकोटाले गरेका हुन् ।