लोकतन्त्र हरण गर्नेलाई जनताले दण्डित गर्ने छन : मन्त्री चौधरी

असोज १६, २०७९


दाङ १६, नेपाल सरकारका शहरी विकास मन्त्री तथा एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले लोकतन्त्रको हरण गर्ने खोज्ने प्रतिगमनकारीहरु अब जनातले दण्डित गर्ने बेला आएको बताएका छन् । एकिकृत समाजवादी पार्टी राजपुुर गाउँ कमिटीले आईतवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुुन् ।
मन्त्री चौधरीले नव प्रवेशीहरुलाई स्वागत गर्दै मुुलुकलाई अन्यौलमा पार्ने गरी ओली कम्पनीले जनमत कदर नगरी जनताले प्राप्त गरेको उपलब्धीलाई नै धरापमा पार्ने काम गरेकाले आगामी मंसिर ४ मा प्रतिगमनकारी ओली कम्पनीलाई दण्डितले गर्ने उपयुक्त समय रहेको बताए । उनले भने– ओली कम्पनीको आयुु अब मंसिर ३ सम्म मात्रै होे । जनताले आफ्नो अधिकार र मुलुकले प्राप्त गरेको उपलब्धी मास्ने ओलीलाई दण्डित गरेर छोड्ने छन् । ओली कम्पनीले कानुनी राज्यमा पनि तानाशाह प्रवृत्तिमा संघीय लोकतान्त्रिक व्यवस्था उपलब्धी माथि प्रतिकार गरेकाले मुलुकको प्राप्त उपलब्धीको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरु एक ढिक्का भई प्राप्त उपलब्धीको रक्षाका लागि एक ढिक्का भएको उनले बताए । जसका लागि अग्रगमनकारी शक्तिहरु मुुलुुकको भाग्य, भविष्य र जनताको पक्षमा उभिएर प्रतिगमनकारीहरु प्रतिकार गरिरहेको उनको भनाई थियो । उनले थपे–‘ समाजवादी र सत्ता गठबन्धनको जन्म प्रतिगमनकारीहरुको बिरुद्धसँगै मुलुकले प्राप्त गरेको उपलब्धीको रक्षाका लागि भएको हो । ’ जसले सत्ता स्वार्थ भन्दा माथि उठेर मुलुक र जनता अधिकारको रक्षाका लागि उभिएको छ । ’ तर बाह्य शक्तिको आडमा प्रतिगमनकारीहरु अझै मुलुकलाई अन्यौलता तर्फ लैजान खोजिरहेको उनको भनाई थियो । मुुलुकलाई अन्यौलता तर्फ लैजाने र जनताको अधिकार कुुचल्ने त्यस्ता प्रतिगमनकारीहरु मंसिर ४ पछि जनता आफ्नो अधिकार मार्फत दण्डित गर्ने उनको भनाई थियो ।
उक्त कार्यक्रममा मन्त्री चौधरीले सत्ता गठबन्धन प्रतिगनकारीहरु बिरुद्धमा एक हुदै आगामी निर्वाचनमा पनि होमिएकाले सत्ता गठबन्धनले मुलुकको भाग्य र भविष्यको फैसला गर्दै मुलुकको विकास र जनताको अवस्था फेर्नका लागि अग्रसर बनिरहेको उनले बताए ।
कार्यक्रममा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य शारदा स्वर्णकार, जिल्ला अध्यक्ष सुरामणि बेल्बासे लगायतकाले बोलेका थिए । उक्त अवसरमा दाङ निर्वाचन नं. १ को राजपुुर गाउँपालिकामा धन्यराज यादव, सुुभाष यादव, टेकबहादुर पुन, रामबरण यादव, तुलाराम यादव, मन्साराम यादव, अशोक यादव सञ्चिन यादव, देवनारायण चौधरी ,महबुुव नाउ, भगत नारायण चौधरी, तिल बहादुर राना, सुनिल यादव, कृपाराम महिदन लगायत प्रवेश गरेका थिए । त्यस्तै राप्ती गाउँपालिका ३ मसुुरियामा समेत नेकपा एमालेका करिव दुुई दर्जन बढि कार्यकर्ताहरु नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । उक्त नवप्रवेशीलाई पनि एकिकृत समाजवादीका पोलिटब्युुरो सदस्य तथा शहरी विकास मन्त्री मेटमणि चौधरीले स्वागत गरेका थिए ।