कपुरकाेट पहिरो पिडितलाई एमालेकाे १ लाख बढी सहयाेग

असोज २७, २०७९


सल्यान,२७ असोज ।

नेकपा एमालेका पोलिट ब्यूरो सदस्य गुलाबजंग शाहले एमाले पार्टी आम नागरिकको सुखःदुखको साथी भएको बताउनु भएको छ । कपुरकोट गाउंपालिका वडा नम्बर ५ सल्लामका पहिरो पिडितहरुलाई राहत रकम बुझाउदै एमालेले दुखमा परेका नागरिकहरुलाई सधै साथ दिने बताउनु भएको हो ।

नेकपा एमाले कपुरकोट गाउंपालिका कमिटीले संकलन गरेको १ लाख १४ हजार ५ सय रुपैया नगद राहत हस्तान्तरण गर्दै एमालेको तर्फबाट सल्यान ९ख० बाट प्रदेश सभा उम्मेदवार समेत रहनुभएका शाहले गत असोज २१ गते सल्लाममा गएको पहिरोबाट पडित बनेका नागरिकको पुर्नस्थापनका लागि सक्दो सहयोग गरिने बताउनु भएको छ ।

शाहले पहिरो पिडितको तत्कालका आधारभूत आबश्यकता परिपूर्तिका लागि खट्न कपुरकोट गाउंपालिका स्तरिय आफ्ना नेता कार्यकर्तालाई निर्देशन समेत दिनु भयो । नेकपा एमालेमा आबद्ध बिभिन्न ब्यक्तिबाट संकलन गरिएको रकम पहिरो पिडित १४ घर परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रममा एमालेका केन्द्रिय नेता तथा सल्यानबाट प्रतिनिधि सभा उम्मेदवार बनेका राजेन्द्र बिर राय,एमाले सल्यानका अध्यक्ष गोबिन्द कुमार पुन,उपाध्यक्ष भिम बहादुर सेन लगायत ५० जना भन्दा बढि नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।