कलाकार सुशीला ग्लान तामाङको निधन

असोज २९, २०७९


कलाकार सुशीला ग्लान तामाङको निधन भएको छ । तामाङको शुक्रबार बिहान जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले बताए ।

तामाङलाई स्वास्थ्यस्थिति जटिल समस्या देखिएपछि दुई दिन अगाडि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । विगत एक दशकदेखि अभिनयमा क्रियासिल तामाङले थुप्रै म्युजिक भिडियो अभिनय गरेकी छन् ।

काठमाडौं शंखरापुर नगरपालिकाकी स्थायी बासिन्दा तामाङको अभिनय रहेको ‘दुप्चेश्वर मेला’, ‘टुङ्नाको धुन’, ‘ल्होछार मेला’, ‘डम्फूमा सेलो’ लगायतका गीत लोकप्रिय छन् । तामाङ तमाङ गीतसंगीतको लोकप्रिय मोडल पनि हुन् । तामाङको बौद्ध परम्परा अनुसार शुक्रबार नै बौद्ध जोरपाटीस्थित जम्बोडाँडामा अन्तिम संस्कार गरिएको छ ।