दाङका ३७ वटै स्वास्थ्य सस्था मध्य हेकुली स्वास्थ्य चौकि प्रथम

प्रमोद आचार्य, कार्तीक ३ । जिल्ला स्वास्थ्य कार्यालय दाङले दाङका ३७ वटा स्वास्थ्य चौकिको न्युनतम सेवा मापदण्डको अनुगमनमा दंगीशरण गाउँपालिका वडा न.३ मा रहेको हेकुलि स्वास्थ्य चौकि दाङकै उत्कृष्ट स्वास्थ्य चौकि बनेको छ ।तिन वटा कुरालाइ आधार मानेर स्वास्थ्य सस्थाको मापन गरीएको थियो । शुसानमा २० पुर्णाङकमा १८.६ अन्क प्राप्त गरेको छ । एस्तै चिकित्सकिय सेवामा ६० अङ्क पुर्णाङकमा ४७.४ अङ्क प्राप्त गरेको छ भने सहयोगात्मक सेवामा २० पुर्णाङ्कमा १८.६ अङ्क प्राप्त गरी दाङकै उत्कृष्ट स्वास्थ्य चौकिको रुपमा छनोट भएको हो । दाङ जिल्लाका ३७ वटा स्वास्थ्य शाखामा गरिएको समग्र मापनमा हेकुलि स्वास्थ्य चौकिले ८५ अङ्क प्राप्त गर्दै जिल्लाको उत्कृष्ट स्वास्थ्य सस्था बनेको हो । आज एक कार्यक्रमका बिच उत्कृष्ट बनेको स्वास्थ्य चौकि हेकुलिमा जन स्वास्थ्य कार्यालय दाङले न्युनतम सेवा मापदण्ड सम्बन्धि अबलोकन कार्यक्रम समेत सम्पन्न गरेको छ ।कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले स्वास्थ्य सस्था हेकुलि जिल्लाकै उत्कृष्ट स्वास्थ्य सस्था गराउनमा भुमिका खेल्ने स्वास्थ्य चौकि इन्चार्ज टेक बहादुर खत्री लगाएत सस्थाका सम्पुर्ण परीवारलाइ धन्यबाद समेत ब्यक्त गर्नुभयो । आफु निर्बाचित भएर आइसकेपछि आफुले पनि स्वास्थ्यलाइ पहिलो प्राथमिकतामा राखेकाले पनि सबै स्वास्थ्य सस्थाहरु यसैगरी जिल्लाकै प्रथम हुन र न्युनतम सेवा मापदण्डमा प्रथम हुन मिहेनतका साथ लाग्न आग्रह गर्नुभयो ।एस्तै अबलोकन कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष शुकलाल चौधरीले कोरोनाका महामारीका बेला आफ्नो जिउ ज्यानको बाजि लगाइ खेलेको महत्त्वपूर्ण भुमिका प्रति सम्मान ब्यक्त गर्नुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय दाङले प्रत्यक ६/६ महिनामा हुने न्युनतम सेवा मापन गर्दै आएको छ । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गत बहादुर शाहि, SSBH का शसिदेब शाह, १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, उपप्रमुख, तथ्यांक अधिकृत, स्वास्थ्य शाखा हेकुलिका इन्चार्ज, नर्सिङ कर्मचारी लगाएतको सहभागीता रहेको थियो भने अबलोकन कार्यक्रमको सहजीकरण जन स्वास्थ्य कार्यालय दाङकि पब्लिक हेल्थ नर्स सिता कवरले गर्नुभएको थियो ।