तुलसीपुरमा एक पुरुषको माछा पोखरीमा डुबेर मृत्यु

कार्तिक ०४, २०७९


तुलसीपुर, ४ कात्तिक ।

तुलसीपुरमा एक  पुरुषको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १७ मजगाउ निवासी अन्दाजी ३५ वर्षिय कमल चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बिहिबार दिउसो ४ बजेको समयमा उनी आफनो खेतमा पानी चार्न गएको बेला माछा पोखरीमा डुबेका थिए । यस्तै मृतक चौधरी र स्थानीय लोक बहादुर खत्रिको खेत र माछा पोखरी संगै भएको हुदा उनी आफनो खेतमा पानी चार्ने क्रममा चिप्लिएर स्थानीय लोक बहादुर खत्रिको माछा पोखरीमा डुबेको प्रहरीले बताएको छ ।
साथै उनलाई मृगी (छारे) रोग समेत रहेको अनुमान गरिएको प्रहरीको भनाई छ । उनलाई खोजीतलासी गदै जादा शुक्रबार बिहान ८ बजेतिर उनको शब माछा पोखरीमा फेला परेको प्रहरीले बताएको छ । चौधरीको शवलाई पोष्टमाटमको लागी राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।