मैले जित्नु भन्दा पहिले खोला नालामा तटबन्ध देख्नु भएको थियो :दीपक गिरी

कार्तिक ०६, २०७९


तुलसीपुर, ६ कात्तिक ।
बाम लोकतान्त्रिक गठबन्धनबाट दाङ क्षेत्र नं.३ का उम्मेदवार दीपक गिरीले आफू यस अघि सांसदमा निर्वाचित भएपछि पश्चिम दाङमा थुप्रै विकास गरेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा भएको नेता तथा कार्यकर्तालाई प्रशिक्षण गर्दै उनले यस्तो बताए । उनले पश्चिम दाङका खोलाहरुमा जहाँ तटबन्धन देखिन्छन्, ति सबै आफूले बनाएको बताएका छन् ।‘मैले जित्न भन्दा पहिले खोलालहरुमा तटबन्ध देख्नु भएको थियो’,उने भने‘जब मैले जिते खोलाहरुमा तटबन्धै तटबन्ध बनाए, जनताको खेति योग्य जमिन जोगाएँ ।’

उनले तुलसीपुर देखि पुरन्धारासम्मको दाङ–सुर्खेत सडकको स्तरबृद्धि, गहते–बाघमारे–खितलपुर जोड्ने सडक, दामोदर सडक अन्तर्गत सुकौरा हुँदै चरकमटिया जाने सडक आफ्नै पहलमा स्तरबृद्धि भएको बताए । आफू सांसद तथा मन्त्री हुँदा यी सडक स्तरबृद्धिकालागि पहल गरेको उनको भनाई छ । आफूले क्षेत्रीय सडकका रुपमा रहेका यी सडकलाई केन्द्रीय सडकका रुपमा हाल्न सफल भएको समेत बताए ।