दाङमा फेरि बिकासको लहर ल्याउछु : दिपक गिरी

कार्तिक १५, २०७९


तुलसीपुर, कात्तिक १५ । दाङ निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक गिरीले सिंगो राष्ट्रलाई समृद्ध बनाउन गठबन्धनका उम्मेदवारलाइ भोट दिन अपिल गरेका छन । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं.७ ले मंगलवार बिहान खर्चवामा आयोजना गरेको चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले राष्ट्रियता, लोकतान्त्रिक संविधान रक्षा, अतिवादलाई परास्त गर्न, राष्ट्रलाई समृद्ध बनाउन र दाङमा बिकासको लहर ल्याउनका लागि कतै दुविधामा नपरि गठबन्धनका उम्मेद्वारलाई भोट दिन अपिल गरेका हुन ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य गिरीले केपी वलि नेतृत्वको सरकारले गरेका अतिवाद, नितिगत भ्रष्टचार, सुन काण्ड, निर्मला काण्ड लगाएतका अवान्छित गतिविधिहरु जनताले भुल्न नहुने तर्क गरे । केपीकै अतिवादको कारण नेकपा एमालेसगं तालमेल गरेका राजनीतिक दलहरु टिक्न नसकेको र नयाँ पार्टी खडा गरि अन्तिममा संविधान रक्षाको लागि परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिनु परेको गिरीले दाबी गरे । वलि सरकारले लोेकतान्त्रिक संविधान धरापमा पार्न खोजेपछि शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकाल बनेको बताए ।

पुर्व सिचाँई मन्त्री समेत रहेका गिरीले जनताका हितका निम्ती विगतमा पनि थुप्रै पुर्वाधार विकासका कामहरु गरेको र यसपटक पनि आफु सहित गठबन्धनका उम्मेदवारहरु बिजयी भएमा योजनाबद्ध तरिकाले विकासका कामलाई अघि बढाउने र दाङ जिल्लाको मुहार फेर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा दाङ निर्वाचन क्षेत्र नं.३ (क) का प्रदेश सभा सदस्य पदका उम्मेदवार डिल्ली बहादुर चौधरीले गठबन्धन साझा डुगांमा उभिएको बताउँदै यसलाई बचाउन सबैमा एकताको खाँचो रहेको बताए । चौधरीले भने, प्रतिगमनले गरे झै हामीले झुठको खेती गर्दैनौ र आफ्नो परिवारबाट कसैलाई पनि ठेकेदार बनाउने काम गर्दैनौ हामी जे बोल्छौ त्यो गछौँ ।

नेपाली कांग्रेस तुलसीपुर–७ का सभापति ओम वलिको सभापतित्वमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहाकार समितिका सल्लाहाकार शेशुराम भण्डारी, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य अनारकली मियाँ, नेपाली कांग्रेस दाङ क्षेत्र नं.३ क का समानुपातिक उम्मेदवार देविका नेपाली, राष्ट्रिय जनमोर्चा दाङ क्षेत्र नं.३ क का समानुपातिक उम्मेदवार दुर्गा बहादुर केसी, जनमोर्चाका नेता भरत भण्डारी, दाङ क्षेत्र नं.३ क का सभापति तथा चुनाव प्रचारप्रसार समितिका संयोजक देवेन्द्र रिजाल लगाएतले देशलाई शान्तिमा परिणत गर्ने गठबन्धनको मुख्य आधार रहेको बताउँदै उनीहरुले प्रतिगामी गठबन्धनको बिरुद्धमा प्रगतिशिल गठबन्धन पक्षमा लाग्न आग्रह गरे । उक्त कार्यक्रमको सहजीकरण नेकपा माओवादी केन्द्र तुलसीपुर ७ का सचिव भरत चौधरीले गरेका थिए ।