दाङमा सवारी दुर्घटनामा ४ जना घाइते

कार्तिक २०, २०७९


तुलसीपुर, २० कार्तिक ।

दाङमा विभिन्न सवारी दुर्घटनामा परेर ४ जना घाइते भएका छन् । दाङको शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलामा मोटरसाइक अनियन्त्रीत भएर पल्टिदा २ जना घाइते भएका छन् । घाइते हुनेमा शान्तिनगर गाउँपालिका–३ साउने निवासी मोटरसाइकल चालक ३२ बर्षका विजय कुमार विक र सोही ठाउँका १९ बर्षका टार्जन वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुरबाट बाघमारे जाँदै गरेको रा५प ९१२३ नम्बरको मोटरसाइकल अनियन्त्रीत भएर पल्टिएको प्रहरीले बताएको छ । दुर्घटना पौने पाँच बजे भएको थियो । त्यसैगरी तुलसीपुरको पुलको चोकमा मोटरसाइकलले ठक्कर दिदा तुलसीपुर–१ भमके निबासी ४५ बर्षका कासीराम सापकोटा घाइते भएका छन् । रा१त १५९५ नम्बरको मोटरसाइकलले सापकोटालाई ठक्कर दिएको थियो ।

घटना साढे पाँच बजे भएको थियो । त्यसैगरी तुलसीपुरको नगरपालिका रोडमा मोटरसाइकल ठोक्कीदा एक जना घाइते भएका छन् । रा३प ९१७३ र रा३प ७५८५ नम्बरको मोटरसाइकल ठोक्कीदा चालक तुलसीपुर ११ कटाह निबासी ५० बर्षका कविराम चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।