टोल-टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता बाड्दै दंगीशरण गाउँपालिका

प्रमोद आचार्य २० कार्तिक, सामाजिक सुरक्षा भत्ता लिन सास्ती बेहोर्नु परेको जनगुनासो बढिरहेका बेला दंगिशरण गाउँपालिकाले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको बैंकमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्तीस्तरमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाएका हो ।
गाउँपालिकाले वडा र बस्तीस्तरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको यस आर्थिक बर्षको पहिलो र नया स्थानिय सरकार आएपछिको दोस्रो सुरक्षा भत्ता बितरण आज वडा न १ देखि शुरु गरेको छ । आज एक औपचारिक कार्यक्रमका बिच पालिका अध्यक्ष सम्भु गिरी, प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर वलि, वडा न १ का वडा अध्यक्ष रमेश भण्डारी लागायतले भत्ता बितरण गरि सामाजिक सुरक्षा भत्ता बितरण गर्नुभएको हो । बैंकिङ प्रणालीमार्फत वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता लाभग्राहीको थप सहजताका साथै नब निर्बाचित अध्यक्ष शम्भु गिरीले चुनाबि प्रतिबद्धता गरे अनुसार गाउँपालिकाको समन्वयमा बैंकका कर्मचारीलाई वडा र बस्तीस्तरमै पुरयाएर वितरण गर्ने प्रबन्ध मिलाइएको पालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।
दंगिशरणका ३ र ४ न वडा बैंकको नजिकको दुरिमा रहेकाले ५ वटा वडाका लाभग्राहीको NCC बैंकमा रहेको खातामा यस आर्थिक बर्षको साउन देखी असोज सम्मको सामाजिक सुरक्षा भत्ता पठाइसकिएको र वडा न १ को भौगोलिक कठिनाइका कारण गाउँपालिकाको केन्द्रमा रहेको बैंकसम्म आएर भत्ता बुझ्न कठिनाइ हुने र घण्टौ सम्मा लाइन बस्नु पर्ने भएपछि बैंकका कर्मचारीलाई बस्तीस्तरमा पुर्यायर वितरण गरीएको वडा न १ का वडा अध्यक्ष रमेश भण्डारिले बताउनुभयो । गाउँबस्तीमा पुगेर भत्ता वितरणमा हुने सबै खर्च गाउँपालिकाले बेहोर्ने छ ।
एस्तै वडा न १ का वडा अध्यक्ष रमेश भण्डारिले हेकुलि स्थित एनसिसि विकास बैंकमार्फत बैंकिङ प्रणालीबाट वितरण हुँदै आएकोमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकको सहजताका लागि बैंकका कर्मचारी जनप्रतिनिधि र सुरक्षा निकायको रोहवरमा वडामै पुगेर भत्ता वितरण गरिएको बताउनुभयो ।आफुहरु चुनाबका बेलापनि सामाजिक सुरक्षा भत्ता गाउँ गाउमै पुगेर बाड्ने प्रतिबद्धता गरे अनुसार जेष्ठ नागरिकको समस्यालाइ मध्यनजर गर्दै यस कार्यलाइ निरन्तरता दिन वडा बाट बाड्न लागेको दोस्रो पटक भएको बताउनुभयो ।
वडा न १ का १२५ लाभग्राहीलाई वडाबाटै सहज तवरले भत्ता वितरण गरिएको एनसिसि बैंक हेकुलि शाखाका प्रमुख एकराज केसिले जानकारि दिनुभयो । पालिकाबाट हुने हरेक काम कुराहरूलाइ बैंक सङ्ग जोडेर पालिकाको हरेक काममा साथ दिने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो । दंगिशरण गाउँपालिकाले बैंकको पहुच देखि टाढा रहेका ५ वटा वडामा गाउँमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा वितरणको प्रबन्ध मिलाउने कार्यपालिका बैठकबाट निर्णय गरे अनुसार निरन्तरता दिइएको बताउनुभयो । ज्येष्ठ नागरिक, दलित, अशक्त, असहाय, विधवालगायतका लाभग्राहीलाई बैंकमा आएर भत्ता लिन असहज भएकाले उहाँहरूको सम्मान र सहजताका लागि हरेक वडामै पुगेर भत्ता वितरण गर्ने कार्यलाइ आफ्नो कार्यकाल अबधिभर निरन्तरता दिने गाउँपालिका अध्यक्ष शम्भु गिरिले बताउनुभयो ।