सम्बृद्धिको आधार निर्माण गर्न एमालेलाई मतदान: कोमल ओलि

कार्तिक २१, २०७९


तुलसीपुर २१ कार्तिक ।

दाङको निर्वाचन क्षेत्र नं ३ का नेकपा एमाले बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कोमल ओलिले सुशासन, सम्बृद्धिको आधार निर्माण गर्न नेकपा एमालेको पक्षमा मतदान गर्न आग्रह गरेकी छिन ।

आइतबार नेकपा एमाले बबई गाउँपालिकाको आयोजनामा घर घरमा एमाले टोलटोलमा उम्मेदवार भन्ने नाराका साथ भएको टोल भेलालाई सम्बोधन गर्दै उनले सुशासन र स्थायी सरकार र समृद्धिका लागि एमालेले जित्नुको विकल्प नरहेको बताएकी छिन।

सुशासन, स्थायी सरकार र समृद्धिको यात्राको खाका कोर्ने स्पष्ट भिजन नेकपा एमाले संग मात्रै भएको उनले दाबी गरेकी छिन । ‘सपना नदेख्नेले समृद्धिको लक्ष्य हासिल कदापी गर्न नसक्ने बताएकी छिन।

उनले दाङको सम्वृद्धिको लागि यसका आसपासका पहाडी जिल्ला तथा मध्यपश्चिमका पहाडी जिल्लाहरु संग जोड्न राम्रो सडक सञ्जाल निर्माण गर्ने बताएकी छिन । आफुले जितेमा जिल्लाका खहरे खोलाहरुमा हाइड्याम निर्माणदेखि छिमेकी जिल्लाहरुवाट सिंचाईको प्रवन्ध गर्ने बताएकी छिन।

त्यसैगरी निर्वाचन क्षेत्र नं ३ (ख) का प्रदेशसभा सदस्य पदका उम्मेदवार हुकुम बस्नेतले पश्चिम दाङको बिकास गर्न आफुमा हुटहुटी भएको बताएका छन ।