हामीमा एकता छ, बिश्वास छ त्यसैले गठबन्धनको जित सुनिश्चित छ : दीपक गिरी

कार्तिक २१, २०७९


कात्तिक २१, सत्तारुढ गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक गिरीले योजनाबद्ध सहरीकरणले मात्रै नगरको सौन्दर्य झल्किने बताएका छन् । चुनावीसभालाई आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ तकियापुरमा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्व सिंचाई मन्त्री गिरीले आफू निर्वाचित भए योजनाबाद्ध सहरीकरण मार्फत् बस्ती विकास र समृद्धिका लागि लागि पर्ने बताए ।

सडकको स्तरोन्नति र बाँकी रहेका खोलाहरुमा पुल निर्माण गर्ने काममा लाग्ने बताउँदै उनले विगतमा आफू सांसद र मन्त्री हुँदा गरेको विकास भन्दा डबल काम अब गर्ने प्रतिबद्धता ब्यक्त गरे । सही मान्छेलाई चुनेर सही ठाउँमा पुर्यानुस्, विकासमा गति बढ्नेछ, उनले भने यो भन्दा अगाडि संविधानसभा सदस्य र नौ महिना मन्त्री हुँदा गरेको भन्दा डबल काम गरेर म देखाउँछु, गिरीले भने-पश्चिम दाङ बनाउन कुनै कसर बाँकी राख्ने छैन । हामीमा एकता छ, हामिमा बिश्वास छ, त्यसैले मंसिर ४ मा हाम्रो सयुक्त गठबन्धनको जित सुनिश्चित छ ।

प्रदेशसभा क्षेत्र नम्बर ३ (२) का उम्मेदवार धनबहादुर मास्की (राजेश) ले गठबन्धनले जिते पश्चिम दाङको मुहार फेरिने बताए । उनले पुल नभएका खोलामा पुल र स्तरोन्नति नभएका बाटाघाटालाई विशेष जोड दिएर काम गर्ने बताए । उनले भने-पश्चिम दाङलाई विकसित र समृद्ध बनाउन दीपक दाई र मैले जित्न जरुरी छ ।