भैलो खेलेर उठेको रकमबाट हंसपुरका युवाद्वारा जेब्रा क्रसिङ निर्माण

दाङ २१, बबई गाउँपालिका वडा न.३ हंसपुरमा रहेकाे प्रगतिशील युवा क्लबका युवाहरुले देउसि भैलो खेलेर उठेको रकमबाट तुलसीपुर सुर्खेत सडक खण्डकाे उच्च मा.वि.हंसपुर बिद्यालय प्रवेस द्वार नजिकै जेब्रा क्रसिङ निर्माण गरेका छन । स्थानिय जनताहरु, ट्राफिक प्रहरि, बिद्यालयका शिक्षक, क्लवका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम गरियको हो, देउसिभैलो खेलेर जम्मा भयको रकम सामाजिक काममा लगायकाे हाे । बिद्यालय नजिक सम्भावित दुर्घटना न्युनिकरण का लागि जेब्रा क्रसिङ बनाईयको हो । रमाइलोको नाममा फजुल खर्च गर्नु भन्दा यस्ता सामाजिक कार्यमा सरिक भयर काम गर्दा आत्मसन्तुष्टि संगै सामाजिक उत्तरदायित्व बहन गरेको महसुस हुने र युवाहरु नै युगान्तकारी परिवर्तनका सम्बहाक भयकाले आफुले सकेको सामाजिक कार्य गर्नै पर्ने तथा समाजमा सकारात्मक कार्यमा युवाहरु पनि अग्रसर भयर सन्देश मुलक कार्यमा लाग्नु पर्नेमा बाेल्ने बक्ताहरुकाे जाेड रहेकाे थियाे । कार्यक्रममा वडा न.३ का अध्यक्ष मान बहादुर के.सि.बिद्यालयका शिक्षक प्रतिनिधि प्रेम बहादुर ओलि, क्लवका प्रमुख सल्लाहकार तथा युवा अभियन्ता हिमाल डाँगी, ट्राफिक प्रहरि बसन्त ढकाल, टोल अध्यक्ष बिर बहादुर डाँगी, शिक्षकहरु टोपेन्द्र थापा, बालकृष्ण के सी, युवाहरु राजु ओलि, नारायण भण्डारि लगायत युवा तथा बिद्यार्थिहरुको कार्यक्रममा सहभागिता रहेकाे थियाे ।