परिवर्तनका सम्बाहक पाण्डे

कार्तिक २४, २०७९


“तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे ज्यूलाई म एकदमै आभार प्रकट गर्न चाहान्छु, धेरै धेरै धन्यवाद छ उहाँलाई” करिव ४०० जना सहभागीका बिचमा शान्तिनगर गाउँपालिका दाङकी देवीसरा वलीले मुक्तकण्ठले प्रशंसा गरिन् पुरै कार्यक्रमस्थलमा तालिको गड्गहाहट मात्रै सुनिन्थ्यो । त्यतिबेला लाग्थ्यो देवीसराले सबैको आवाजलाई मात्र प्रतिनिधित्व गरेकी थिइन् । आफुले तय गरेको लक्ष्यलाई पुरा गर्न असम्भव जस्तै देखेकी उनले जब तुलसीपुर उपमहानगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालयको साझेदारीमा तुलसीपुर मेट्रो कलेजमा विएएलएलवीको पढाई सुरु हुने खबर सुनिन् , उनमा फेरी आशा पलायो ।

“आर्थिक अवस्था कमजोर भएको परिवारका म जस्ता विद्यार्थीहरुलाई देशका ठुला शहरमा बसेर पढाई पुरा गर्नु भनेको एकदमै गा¥हो कुरा हो, तर जब मैले तुलसीपुर मेट्रो कलेजमा विएएलएलवीको पढाई सुरु हुने कुरा सुने म मा छुट्टै प्रकारको उर्जा पलायो”, देवीसराले स्टेज अडिएर यति कुरा गरिरहँदा नगर प्रमुख पाण्डेको आँखामा हर्षका आँसु सजिलै देख्न सकिन्थ्यो ।
लुम्बिनी प्रदेश मै बुटवल पछि बिएएलएलवीको पढाई हुने तुलसीपुर मेट्रो कलेजको स्थापना तुलसीपुर उपमहानगरपालिकाले गरेको हो । जसको शतप्रतिशत श्रेय नगर प्रमुख घनश्याम पाण्डेलाई जान्छ । तुलसीपुर मेट्रो कलेजमा देविसरा जस्तै ८० जना छात्रछात्राहरुले बिएएलएलवी शिक्षा अध्ययन गरिरहेका छन् ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का अशोक चौधरी जो अहिले तुलसीपुर बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ तेश्रो खण्डमा अध्ययनरत छन् । साँझ बिहानको छाक टार्नका लागि अशोकका बुवा आमा दैनिक मजदुरी गर्नुहुन्छ । “यदि तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर बहुप्राविधिक शिक्षालय सञ्चालन नगरेको भए, म पनि अहिले सम्म कि त मलेशिया, कतार नभए आमा बाबाले जस्तै मजदुरी गर्नुपथ्र्यो ”, वडा नं. १२ को सिफारिसमा पुर्ण छात्रवृत्तिमा अध्ययनरत अशोकले अनौपचारिक कुराकानीमा बताए । “हाम्रा मेयर सापले चुनावका बेला भन्नु भएको कुरा पुरा गर्नुभयो” भन्दै खुशि व्यक्त गरे । अशोक चौधरी जस्तै तुलसीपुर उपमहानगरपालिका भित्रका करिब दुई सय विद्यार्थीहरुले तुलसीपुर बहुप्राविधिक शिक्षालयमा निःशुल्क अध्ययन गरिरहेका छन् ।
तुलसीपुर मेट्रो कलेजले सञ्चालन गरेको व्यावसायिक तालिममा सहभागी भएपछि तुलसीपुर–६ की प्रतिमा पाण्डेले व्युटिपार्लर सञ्चालन गरेकी छन् । आफ्नो रुचि र केही ुकरा पहिले नै जानेकाले व्युटिपार्लर सम्बन्धी तालिम लिन उनलाई सजिलो लाग्यो । संगै तालिम लिएकी पुष्पा बुढाथोकी र प्रमिता पाण्डेले अन्यत्र गएर काम गर्नुभन्दा आफ्नै व्यावसाय सञ्चालन गर्ने योजना बनाए । “कलेजले नै तालिमका सहभागीलाई प्राविधिक सहयोग गर्ने भएपछि त हामीलाई झनै हौसला बढ्यो ”, दुवैजनाले खुसी व्यक्त गरे । प्रतिमा र पुष्पा जस्तै तुलसीपुर मेट्रो कलेजले तालिम संगै प्राविधिक सहयोग गरेपछि करिब दुई दर्जन युवा युवतीले आफ्नै व्यावसाय सञ्चालन गरेर बसेका छन् ।
निर्वाचनको मिति नजिकिदै गर्दा कसरी आफ्नो पार्टि र उमेद्वारलाई जिताउन सकिन्छ भनेर नेता, कार्यकर्ता देखि पत्रकारहरु समेत विभिन्न पोर्पोगाण्डा रचेर लागी परेका छन् । अघिल्लो निर्वाचनमा विजय हासिल गरेका जनप्रतिनिधिहरुले गरेका ८० वटा राम्रा कामहरुलाई विर्सिए झैं गरेर अथवा नजरअन्दाज गरेर हुन बाँकी भएका वा बन्ने क्रममा रहेका कामहरुलाई अगाडी ल्याएर उनीहरुको राजनितिक भविष्यलाई सक्ने दुस्प्रयास गरिरहेका छन् ।
वि.सं. २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा नगर प्रमुखको उमेद्वार बनेका घनश्याम पाण्डेले आफ्नो चुनावी घोषणा पत्रमा प्राविधिक शिक्षा र उपमहानगरका युवायुवतीलाई रोजगारमुलक बनाउने कुरालाई प्राथमिकतामा राख्नुभएको थियो । सोही अनुरुप नगरप्रमुखको रुपमा विजय भएपछि पाण्डेले विभिन्न विद्यालयहरुमा प्राविधिक शिक्षा सञ्चालनका लागी पुर्वाधार निर्माणका लागी अनुदान दिएर , तुलसीपुर बहुप्राविधिक शिक्षालय÷तुलसीपुर मेट्रो कलेजको स्थापना गरेर आफ्नो प्रतिबद्धता पुरा गर्नुभएको छ । सबै काम नेताले गरिदिने होइन , उनीहरुले सुरुवात मात्र गरिदिने हो त्यसलाई उचाइमा पु¥याउने वा वेवारिसे बनाउने भन्ने कुरा हाम्रो हातमा छ । त्यसैले आजको समयका हामी नागरिकले नेता वा सरकारलाई दोष थुपार्ने मात्र नभएर समग्र विकासका लागि आफ्नो अधिकार र कर्तव्यको पहिचान गरी निष्पक्ष तरिकाले आफ्नो ठाउँबाट उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने आजको आवश्यकता हो ।