रोल्पाको माडीखोलामा एक महिलाको शव फेला
कार्तिक २५, २०७९
रोल्पा २४ कार्तिक ।
रोल्पाको माडीखोलामा एक महिलाको शव फेला परेको छ। बिहीबार दिउँसो सवा ३ बजेतिर पूर्वी रोल्पास्थित सुनीलस्मृति गाउँपालिका-२ लामाचौर छेउको माडी खोलाको मध्यभागमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रहरीका अनुसार पहिचान नखुलेको अवस्थामा करिब ३०/३२ वर्षिय महिलाको शव खोलामा तैरिएको अवस्थामा फेला परेको हो । स्थानीयले प्रहरीमा सूचना दिए लगतै सुलिचौर र खुंग्रीबाट प्रहरी परिचालित भएका थिए ।
प्रहरीका अनुसार घटनाको जानकारी दिन र थप सूचना दिन स्थानीयलाई प्रहरीले आग्रह गरेको छ । शवबारे प्रहरीले थप अनुसन्धान भैरहेको बताएको छ ।