घरमा आगलागी हुँदा दुई जना घाइते, ४ करोड बढिको क्षेती

कार्तिक २५, २०७९


मोरङ, २५ कात्तिक ।

 मोरङको बेलबारी नगरपालिका–१ ढुकुरो चोकमा गएराति घरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने ४ करोड बढिको क्षेती भएको छ । आगलागीमा परेर ३० वर्षीय भुषण ठकुरी र उहाकी श्रीमती २८ वर्षीय नमिता ठकुरी रहेका प्रहरीले जानकारी दिए्को छ ।

घाइतेकोे शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ । आगलागीमा झन्डै चार करोड रुपैयाँ बराबरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीका कारण घरको सटरमा हार्डवेयर पसल रहेको र पसलमा रहेको नगद चार लाख रुपैयाँ सहित सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै, घरमा रहेको एउटा मोटरसाइकल पनि जलेको छ । विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।