त्रिविले मंसिर १ देखि ५ गतेसम्म बिदा दिने

कार्तिक २६, २०७९


काठमाडौं, २६ कात्तिक । 

त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण मंसिर १ गते देखि ५ गतेसम्म बिदा दिने भएको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै मंसिर १, २ र ५ गते बिदा हुने जनाएको छ ।

अधिकांश क्याम्पसकार्यालयहरुमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको र सरकारीकार्यालयहरुका कर्मचारीहरु निर्वाचनमा कर्मचारीको रुपमा खटिएको कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकोले बिदा दिर्ने निर्णय गरेको जनाएको छ । महाशाखा प्रमुख योगेन्द्र प्रसाद दाहालले बिदा दिने तोकिएको दिनहरुमा त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस कार्यलयहरुमा विदा दिने निर्णय भएको बताउनु भएको छ ।