पाटे बाघ मृत अवस्थामा फेला
कार्तिक २६, २०७९

बर्दिया, २६ कात्तिक ।
बर्दियामा एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । आज बिहान मधुवन नगरपालिका–८ मा पर्ने गणेशशिव सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बर्दियाले जानकारी दिएको छ । मृतावस्थामा फेला परेकाले त्यो बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले अनुमान गरेको छ ।
जङ्गल हेरालुले बाघलाई मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिनुभयको छ । बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको र बाघको मृत्युको कारण खुल्न बाँकी रहेको बताइएको छ ।