महिलाहरु भन्छन् – महिला उम्मेदवारलाई नै जिताउछाै

कार्तिक २६, २०७९


तुलसीपुर २६ कात्तिक।

महिलाहरुकाे हकहितका लागि महिला उम्मेदवार काेमल वलीलाइ नै जिताउने बताएका छन् । पश्चिम दाङमा क्षमतावान महिला जन्मेको भन्दै उनिहरुले महिलाहरुकाे हितका लागि काेमल वलीलाइ जिताउने अभियानमा लागेकाे बताए । हरेक कुरामा एक सक्षम महिला नेता पाएका छाैँ हामी साथ दिन्छौं तपाईंको जित हुन्छ ढुक्क हुनुहाेस् । तुलसिपुर २ बालापुरमा भएको महिला भेलामा काेमल वलीलाइ भेटेपछि उपस्थित महिलाहरुले खुसि ब्यक्त गरे । उनिहरु आफु एकजुट भएको भन्दै समाजमा पछाडि परेका महिलाहरुकाे उत्थानका लागि महिलाहरूलाई जागरुक बनाउनका लागि महिलाहरुकाे नेतृत्व गर्न सक्ने महिला नेताकाे खाचाे रहेकाे समेत बताए । पश्चिम दाङमा हामी सबै कुराले पिछडिएका छाैँ । हाम्रो कुराकाे सुनुवाइ भएन । गरिखाने वर्गका लागि कुनै अवसर पाएनौं त्यसैले हाम्रो मर्म बुझ्ने नेता तपाईं हुनुहुन्छ भन्न् लागेकाे छ । पश्चिम दाङमा महिला नेताकाे आवश्यक छ भन्दै आफुहरु काेमल वली जिताउने अभियानमा लागेकाे बताए ।
कार्यक्रममा क्षेत्र न.३ का उम्मेदवार काृमल वलीले हरेक क्षेत्रकाे विकासका लागि आफु लागिपर्ने भन्दै महिलाहरू ब्यवसायिक बनाउन विभिन्न उधमि कार्यक्रम संचालन गरि छाेरिहरुलाइ शिक्षामा जाेड दिने प्रतिवद्दता ब्यक्त गर्नुभयाे । म महिलाहरुकाे हरेक समस्या नजिक बाट बुझ्छु यसले गर्दा पनि म नेतृत्व गर्न सक्छु हरेक महिलाहरुकाे सुख र खुसिका लागि लड्नेछु । म तपाईंहरुकाे हरेक दुखमा संगै हुनेछु । मलाई आफु संगै पाउनुहुनेछ – उम्मेदवार वलीले भन्नुभयाे ।