देशभर चिसो बढ्दै

कार्तिक २७, २०७९


तुलसीपुर, २७ कात्तिक । 

देशभर जाडो बढ्दै गएको छ । जाडो बढेसँगै न्यूनतम र अधिकतम तापक्रम घट्न थालेको छ । चिसो बढेसँगै रातको समयमा आकाश सफा भएकाले पनि बिहानको न्यूनतम तापक्रम घटेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभएको छ ।

आज दिउँसो भने देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद प्रधानाङ्गले बताउनुभएको छ । पारिलो घामका कारण दिउँसोको समयमा खासै चिसो नभए पनि बिहान र बेलुका चिसो बढेको छ । यस्तै, हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो हावा चल्न थालेकाले पनि चिसो बढाएको मौसमबिदले बताएका छन ।