सल्यानमा गठबन्धनकाे पक्षमा जनलहर आइसक्याे : सुरेश अधिकारी

कार्तिक २७, २०७९


सल्यान २७ कार्तिक । सल्यान प्रदेस सभा `ख´ का उम्मेद्वार सुरेश अधिकारिले जिल्लामा गठबन्धनको पक्षमा जनलहर आएकाे बताउनुभएको छ । छत्रेश्वरि गाउपालिका-७ मा आयाेजित चुनावि सभालाई सम्वाेधन गर्दै अधिकारिले सल्यानि जनताले गठवन्धनकाे पक्षमा देखायकाे उत्साहले गर्दा जनलहर आएकाे वताए । कार्यक्रममा बाेल्दै कग्रेसका क्षेत्रीय सभापति समेत रहेका अधिकारीले याे चुनाव भनेकाे प्रतिगमन र अग्रगमन विचकाे लडाइँ भएको भन्दै सल्यानि जनताले अग्रगमन राेज्नेमा आफु ढुक्क रहेकाे वताए । जनताकाे मतकाे अवमुल्यन गरेर पटक पटक संसद विघटन गरेर जनताकाे अधिकार कुन्ठित गर्न खाेज्ने दललाई जनताले आफ्नाे मत मार्फत जवाफ दिनुपर्ने अधिकारीकाे जाेड थियाे ।

साे अवसरमा वाेल्दै अधिकारीले आफु शारदा नगरकाे स्थायि वासिन्दा भएको भन्दै जनताकाे सुख दुखमा सधै लागिरहने प्रर्तिबद्दता व्यक्त गरे । अधिकारिले सल्यानकाे विकासका लागि आफू सदैव लागिरहेकाे उल्लेख गर्दै आगामी दिनमा थप उर्जाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । अधिकारिले समृद्धि र स्थायित्व सल्यानि जनताकाे चाहना भएकाले त्याे प्राप्तिका लागि सल्यान प्रदेस सभा `ख´ मा रुख चिन्हमा मतदान गरि आफुलाई विजयि गराउन सवै मतदातामा आग्रह गर्नु भयाे ।