गठवन्धनका उम्मेदवारलाई विजयी गराउनुस, म दाङकाे अभिभावकीय भूमिकामा हुन्छु : महरा

कार्तिक २७, २०७९


घाेराही, २७ कार्तिक । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले दाङकाे विकासमा आफूले अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । राेल्पाली ढाङढुङ (कुरेली) समाज सेवाले घाेराहीमा आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै महराले दाङ निर्वाचन क्षेत्र नं.२ मा रेखा शर्मालाई मतदान गर्न सबै मतदाताहरूलाई अपिल समेत गर्नुभएकाे छ । युवा नेताहरूलाई अवसर दिनुपर्छ भनेर मैले प्रत्यक्ष र समानुपातिक उम्मेद्वार भएन, उहाँले भन्नुभयाे, मैले २०४८ साल देखि पटकपटक संसदीय र राजकीय भूमिकामा रहेर काम गरेकाे छ, त्याे अनुभवकाे आधारमा दाङकाे विकासमा अब अभिभावकीय भूमिकामा रहेर काम गर्ने छु ।

रेखा शर्माले निर्वाचन जितिसकेपछि मन्त्री भएर दाङकाे समग्र विकासमा भूमिका निर्वाह गर्ने महराले विश्वास व्यक्त गर्नुभयाे ।दाङ प्रदेश २(१) र २(२) राजु खनाल र प्रचण्ड विक्रम न्याैपाने गुन्टुलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयाे । दाङमा प्रतिनिधिसभाका तीन ओटा र प्रदेशसभाका ६ ओटा गरेर ९ ओटै निर्वाचन क्षेत्रमा गठबन्धन जितकाे नजिक पुगिसकेको बताउनुभयाे । दाङकाे विकास निर्माणमा साझा प्रतिबद्धता आवश्यक भएकाे महराकाे भनाइ छ ।

प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं.२ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले एमालेले दाङकाे राजधानी र बुटवल सार्ने चेष्टा गरिरहेकाे बताउनुभयाे । धेरै मेहनत र कष्टले दाङ राजधानी आएकाे हाे, कसैले चाहेर बुटवल सार्न सक्दैन, उहाँले भन्नुभयाे, गठबन्धनले दाङमा आएकाे राजधानीलाई कुनै हालतमा सार्न दिदैनाैं, त्यसका लागि गठबन्धनलाई बहुमत दिन जरूरी छ । प्रदेशसभा दाङ २ (१) का उम्मेदवार राजु खनालले शंकर पाेख्रेलले अवसर पाएर पनि दाङकाे विकास निर्माणमा कुनै भूमिका निर्वाह गर्न नसकेकाे बताउनुभयाे । उहाँले लमही-तुलसीपुर सडक खण्ड बिस्तार ढिलाइ हुनुमा एमालेका नेताहरूकाे कारणले भएकाे बताउनुभयो ।