सल्यानी जनताले अग्रगमन रोज्नेमा म ढुक्क छु : प्रकाश ज्वाला

कार्तिक २८, २०७९


जनताको सेवक वनेर काम गर्न चाहान्छु : अधिकारि

सल्यान २८ कात्तिक । सल्यान प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश ज्वालाले सल्यानि जनताले अग्रगमन रोज्नेमा आफु ढुक्क रहेको बताएका छन । चुनावि सभालाई सम्वोधन गर्दै ज्वालाले यो चुनाव भनेको प्रतिगमन र अग्रगमन विचको लडाइँ भएको भन्दै सल्यानि जनताले अग्रगमन रोज्नेमा आफु ढुक्क रहेको वताए । जनताको मतको अवमुल्यन गरेर पटक पटक संसद विघटन गरेर जनताको अधिकार कुन्ठित गर्न खोज्ने दललाई जनताले आफ्नो मत मार्फत जवाफ दिनुपर्ने ज्वालाको जोड रहेको थियो । एकिकृत समाजवादिका नेता समेत रहेका ज्वालाले कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि एवम् बजारीकरण, पूर्वाधार विकास र पर्यटन प्रवर्द्ध लगाएत समग्र जिल्लाको विकास नै अहिलेको आवश्यकता भएको बताएका छन ।

ज्वालाले आम सल्यानी जनताले हामी बाट बिकासको अपेक्षा गर्नु भएको छ, मंसिर ४ पछि संघमा र प्रदेशमा गठवन्धनको सरकार वन्ने हुदा गठवन्धनका उम्मेदवारहरु निर्वाचित भए सल्यानका मुहार फेरिने वताए । त्यस्तैगरि सोहि सभामा बोल्दै सल्यान प्रदेश सभा ख का उम्मेदवार शुरेस अधिकारिले आफु निर्वाचित भए जनताको सेवक भएर काम गर्ने बताएका छन । आज सल्यानको शारदा नगरपालिका वडा नम्वर १३ को स्यानिखालमा भएको चुनावि सभामा बोल्दै अधिकारिले त्यस्तो बताएका हुन । सभामा बोल्दै अधिकारिले आफु सल्यानको बिकासका लागी सदैव लागि रहेको भन्दै निर्वाचित भएर शासक नभई सेवक भएर काम गर्ने बताए ।

यस अघि सल्यानमा स्थानिय निकायमा उपसचिव भएर काम गर्दा होस वा शारदा नगरपालिकाको मेयर हुदा होस सल्यान र सल्यानि जनताको पक्षमा सदैव लागि रहेको भन्दै प्रदेश सांसद भएर समग्र प्रदेश सभा ख सहित जिल्लाको बिकासमा लाग्ने प्रतिवद्यता व्यक्त गरे । मेरो प्रमुख लक्ष्य भनेकै सल्यानी जनताको रहन शहन र संस्कृति हेरेर प्रदेस कानुन तथा निति नियम वनाउने हो, अधिकारिले भने शिक्षा, स्वास्थ्य सहित सडकको स्तरउन्नतिका लागी अहोरात्र खट्छु ।