गठबन्धनले घोराहीमा उमेद्वार सहित घरदैलो गर्ने
कार्तिक २८, २०७९

घोराही, २८ कार्तिक । लोकतान्त्रिक गठबन्धनले घोराहीमा घरदैलो कार्यक्रम गर्ने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १५ मा भोली मंगलवार संयुक्त रुपमा घरदैलो कार्यक्रम गर्ने गरिने भएको हो । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ (१) को आयोजनामा घोराहीमा घरदैलो कार्यक्रम हुने संयुक्त निर्वाचन परिचालन समितिका संयोजक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । विहान ११ बजेदेखी घोराहीको ट्राफिक चोकबाट घरदैलो कार्यक्रम सुरु हुने उहाँले जानकारी दिनुभयो । उमेद्वारसहित हुने घरदैलो कार्यक्रममा उपस्थितिकालागी उहाँले सम्पूर्ण गठबन्धन दलका नेता कार्यकर्ता एवं मतदाताहरुमा अनुरोध गर्नुभएको छ ।
