जनताको आवाज ‘ज्यान जोगाउने पाण्डेलाई भोट ’

कार्तिक २८, २०७९


तुलसीपुर २८ कात्तिक।

सोमबार विहान तुलसीपुर ३ भट्टेमा जाँदा बिहानको ७.५० भएको थियो । २५ वर्षिय सुशिला केसी घरको सुसेधन्दामा व्यस्त थिइन् । हामी पुग्दा खाना पकाउँदै गरेकी उनलाई हामीले प्रदेश सभा निर्वाचमा कसलाई भोट हाल्ने भनेर सोध्यौ । उनले पूर्व तयारी गरे झै घनश्याम पाण्डेको नाम लिइन् ।  ‘उहाँले मेयर हुँदा गरेको काम हामीलाई असाध्यै राम्रो लागेको छ ’ उनले मुस्कुराउँदै भनिन् ।

निर्वाचन आउन एक साता पनि नहुँदा हामीले भट्टेमा रहेका २ सय जना मानिसलाई हामीले कसलाई भोट हाल्ने भनेर सोधका थियौ । हामीले सोधेका मध्ये १ सय ४३ जनाले घनश्याम पाण्डेका पक्षमा मत दिने बताए । उनीहरुले पाँच वर्षका अन्तरमा बाटो फराकिलो मात्रै हैन कालोपत्रे समेत बनेकोमा खुसी व्यक्त गरे । ‘यत्तिको क्षमता भएको मान्छे अहिलेसम्म पनि हामीले देखेका थिएनौ’ ४४ वर्षका स्थानीय नर्सिङ्ग विकले भने ।

‘हिजो कोरोनाको समयमा हामीलाई सहयोग गरेर ज्यान जोगाउने मान्छेलाई हुन्छ हाम्रो भोट ‘ विकले भने । घनश्याम पाण्डेको कार्यकालमा वडामा १ हजार ३ सय ५० मिटर दोहोरो नाला सहित कालोपत्रे बनेको छ । २० हेक्टरलाई सिँचाई हुने नहर बनेको छ ।’ उनले बताए ।
मन्त्री भएपनि गाउँमा कहिल्यै पनि पाइला नटेकेको भन्दै उनीहरुले डिल्ली चौधरीप्रति गुनासो व्यक्त गरे । केहीले भने पाटीको उम्मेदवार भएको भन्दै आफुहरुले भोट हालेर जिताउने बताए । भोट दिएपनि उनीहरुले आफ्ना समस्याहरु सम्वोधन नभएको गुनासो गर्न भने छाडेनन् ।

कोरोनाकालमा घनश्याम पाण्डेले जनता जोगाउँन सहजिकरण मात्रै गरेनन् रातारात अस्पताल समेत निर्माण गरे । तुलसीपुर ५  बसपार्क  निवासी ५८ वर्षिय अड्कल खडकाले बाँचने आश मारिसकेका थिए । कोरोना संक्रमित हुने वित्तिकै उनलाई उपचारका लागि विभिन्न ठाउँमा अनुरोध गरियो ।

‘जति गर्दा पनि बेड पाउन सकिएन अन्तिममा घनश्याम पाण्डेलाई अनुरोध गरेको उहाँले मेट्रो हस्पिटलमा बेड मिलाइदिनु भयो अनि बाँचियाे’ उनले आफु पुस्तौदेखि काँग्रेस रहेको बताउँदै कुनै नेताले पनि कोरोनाको बेलामा सहयोग नगरेकाले घनश्यामलाई नै भोट हाल्ने बताए । ‘जसले गर्दा ज्यान जोगियो मेरो अनि परिवारको भोट उसैलाई’ उनले भने ।

कोरोनाको समयमा तुलसीपुर मेट्रो अस्पतालले ६ हजार ३ सय ९२ जनालाई सेवा दिएर ज्यान जोगाएको थियो । नगरप्रमुख घनश्याम पाण्डेको सक्रियतामा कोरोना कालमा तुलसीपुर सबैभन्दा कम मृत्यु हुने पालिका भएको थियो ।