दाङमा पानी तान्ने क्रममा कुवामा खसेर किशोरी घाइते
कार्तिक २८, २०७९

तुलसीपुर, २८ कार्तिक ।
दाङमा पानी तान्ने क्रममा कुवामा खसेर एक किशोरी घाइते भएको प्रहरीले बताएको छ । घाइते हुनेमा दंगीशरण गाउँपालिका–३ निबासी राजकुमार चौधरीकी १५ वर्षीया छोरी सपना चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।
बेलुकी पाँच बजे कुवामा पानी तान्ने क्रममा करिब १० फिट तल खसेकी सपनाको उद्धार गरिएको प्रहरीले बताएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।