राप्तीमा विद्युत सेवा अबरुद्ध, स्थानीयहरु अन्धकारमा बस्न बाध्य

कार्तिक २९, २०७९


भालुवाङ २९ कार्तिक । 

दाङको राप्ती गाउँपालिका वडा नं.५ को पहाडी गाउँहरुमा एक महिना भन्दा लामो समय देखि विद्युत सेवा अबरुद्ध रहेको छ । असोज महिनाको २१ गते परेको अविरल बर्षा पछि आएको पहिराले विद्युतको पोल र तारहरु बगाए पछि विद्युत सेवा अबरुद्ध भएको हो ।

विद्युत अबरुद्ध हुदा उक्त वडाको करङ्गेकोट, थकरीकोट, चित्रिकोट, घोग्ले आँप लगायतका गाउँहरुका स्थानीय बासिन्दाहरु अन्धकारमा बस्न बाध्य हुनुका साथै मोबाइल चार्ज गर्न र अन्य विद्युतीय उपकरण चलाउन बाट समेत बन्चित भएका छन् ।यता नेपाल विद्युत प्राधिकरण शाखा कार्यलय लमहीले भने पहिरोका कारण बाटो तथा विद्युतको पोल र तारहरुमा पूर्ण क्षति पुगेकाले मर्मत गर्न समय लागेको बताएको छ । साथै कार्यलयले अहिले मर्मतको काम भैरहेको अबको दुई तिन दिन भित्र विद्युत सुचारु हुने समेत जनाएछ ।