जनताको सेवक वनेर काम गर्न चाहान्छु : शुरेस अधिकारी

कार्तिक २९, २०७९


सल्यान २९ कात्तिक । देशैभर मंसिर ४ मा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुन्नका लागि मतदान हुँदैछ । मतदान आफ्नो पक्षमा पारेर विजयी हुनका लागी उम्मेदवारहरु प्रचार प्रसारमा व्यस्त छन । निर्वाचनकै क्रममा हामी सल्यान पुगेर पाँच दलीय वाम-लोकतान्त्रिक गठबन्धनका तर्फवाट सल्यान प्रदेश सभा ख मा उम्मेदवार वन्नु भएका नेपाली काग्रेसका युवा नेता, नेपाली काग्रेस सल्यान प्रदेश सभा ख का क्षेत्रिय सभापती तथा शारदा नगरपालिकाका निवर्तमान मेयर शुरेस अधिकारीलाई तपाईं लाई जनताले भोट किन दिने ? तपाईका चुनावी एजेन्डाहरु के कस्ता रहेका छन भनी सम्पुर्णकुरा का लागि विमल गौतमले गरेको कुराकानी ।

स्वागत छ तपाईलाई ?
धन्यवाद, मेरा मतदाताहरु माझ मेरा चुनावी एजेण्डा र आफना धारना राख्ने अवसर दिनु भएकोमा ।

अहिले तपाई पाँच दलीय वाम-लोकतान्त्रिक गठबन्धनका तर्फवाट सल्यान प्रदेश सभा ख बाट प्रदेश सभा सदस्यको उम्मेदवार हुनुहुन्छ, कस्तो अनुभव गरिरहनु भएको छ ?

सर्वप्रथम मलाई प्रदेस सांसदको टिकट दिने पार्टिका केन्द्रीय नेतागण, सहयोग गर्ने जिल्लाका साथिहरु, शुभेच्छा प्रकट गर्ने काग्रेसका आम कार्यकर्ता, गठवन्धन दलका नेता तथा कार्यकर्ता र आम मतदाता लाई आभार एवम् धन्यवाद दिन चाहान्छु । मतदाताहरुको अपार माया पाएको छु । घरदैलो तथा मतदाता भेटघाटका लागी मेरो निर्वाचन क्षेत्रमा पर्ने ४२ वडामा दिनहु जस्तो कार्यक्रमहरु भै रहेका छन । बिहान देखि राति अवेर सम्म पनी जनताका बिचमा रहेर आफना चुनावि एजेण्डाहरु र बाम लोकतान्त्रीक गठवन्धनका तर्फबाट मतदाताहरुलाई गठवन्धन गर्नुको कारण र गठवन्धन किन भन्ने कुराहरु वुझाउदै सम्झाउदै हिडेको छु । हिजोका दिनमा लोकतान्त्रिक आन्दोलनमा लागेर देश र जनताको लागि अहोरात्र खटेको तथा शारदा नगरपालिकाको मेयर हुदा मैले गरेका जनप्रिय र लोकप्रिय बिकास निर्माणका काम तथा पार्टि प्रति देखाएको अनुसासन र संगठन निर्माणमा खेलेको भुमिकाका कारण मेरो पार्टिले बिश्वास गरेर टिकट दिएको छ । टिकटलाई विजयमा परिणत गरेर आगामि दिनमा मेरो निर्वाचन क्षेत्र सल्यान प्रदेश सभा ख र समग्र सल्यानको बिकासमा एक इटा थपेर सल्यानी जनतालाई समृद्धी तर्फ लैजाने अभिभारा पुरा गर्नु छ । बिकासमा पछाडि परेको सल्यानमा हामि गठवन्धन मार्फत चुनावमा होमिएका छौ । संघमा प्रकाश ज्वाला हुनु हुन्छ । उहाँ चुनाव चिन्ह कलम लियर उठनु भएको छ । त्यस्तै प्रदेश ख मा म छु । मेरो चुनाव चिन्ह रुख रहेको छ । त्यस्तैगरी प्रदेश क मा भिम प्रकास शर्मा जि हुनुहुन्छ । उहाँको चुनाव चिन्ह गोलाकार भित्रको हसिया हथौडा रहेको छ । हाम्रो तिनै जनाको टिमले जित्ने गरी प्रचार प्रसारमा जुटेका छौ । निर्वाचनमा विजयी भए पछि हामि तिनै जनाले एउटै छाता मार्फत सल्यानका बिकासमा जुटने हामिले प्रतिवद्धता जनाएका छौ । उत्साहका साथ प्रचार प्रसारमा लागेको छु ।

तपाईको चुनावी एजेण्डा के हो ?

मेरा चुनावी एजेण्डाहरु धेरै छन् । सवैभन्दा पहिलो कुरा भनेको म सल्यानी जनताको शासक होईन सेवक वनेर काम गर्ने व्यक्ति हुँ । अहिले देश विग्रिएको नेता वा जनप्रतिनिधिले आफुलाई जनताको सेवक नभई, आफुलाई शासक सम्झिएर हो । त्यसैले मेरो प्रमुख एजेण्डा सल्यानी जनताको सेवक वन्ने हो । त्यस्तै अर्को भनेको सल्यानी जनतालाई सुहाउदो कानुन निर्माण गर्ने मेरो दायित्व हो । यहाँको रिति रिवाज, कला संस्कृति र परम्परा संग मिल्ने र महिला दिदी वहिनीहरुको क्षमतावृद्धि गर्ने खालको कानुन वनाउने मेरो पहिलो जिम्मेवारी हो । त्यस्तै गरि सल्यानमा अवरुद्ध भएका सम्पुर्ण विकासको कामलाई अगाडी बढाउँदै, युवा रोजगार, आत्मनिर्भरता बढाउने, सडक सञ्जालको विस्तार गर्ने, शिक्षा, स्वास्थ्य, सिचाई, खानेपानी, कृषिमा सल्यान र सल्यानी जनतालाई समृद्ध बनाउने हाम्रो मुख्य एजेण्डा हो । त्यस्तै सल्यान जिल्ला अस्पताललाई प्रसुति लगाएत विभिन्न खालका अप्रेशन गर्ने गरि स्तरवृद्धि गर्नुका साथै मेरो निर्वाचन क्षेत्रमा पर्ने ४२ वटै वडाहरुमा स्तरिय वडा स्वास्थ्य केन्द्र वनाउने । जेष्ठ नागरिक तथा आर्थिक अवस्था कम्जोर रहेकाहरुलाई निशुल्क उपचारको व्यवस्था, शिक्षा तर्फ सवै वडामा रहेका विद्यालयहरुको स्तरवृद्धि गर्नुका साथै प्राविधिक शिक्षा पठन पाठनका लागी पहल गर्ने, कृषि तर्फ आधुनिक प्रविधिको प्रयोग गरी किसानहरुलाई उत्पादन वृद्धिमा जोड दिने । त्यस्तै सल्यान आफैमा पनी धार्मिक पर्यटनको लागि प्रख्यात छ, सल्यानको प्रसिद्ध धार्मिक स्थल खैरावाङ र छत्रेश्वरी मेरै निर्वाचन क्षेत्रमा पर्दछ । त्यँहा सम्म जाने सडक कालोपत्रे गर्नुका साथै, कुपिन्डे दह जसलाई स्तरिय पर्यटकिय गन्तव्य वनाउनु छ, त्यसका लागी काम गर्नु छ । त्यस्तै सल्यानको प्रमुख समस्या तुलसीपुर देखि सल्यान सम्मको सडक हो, त्यसको निमाणर् कार्य लाई चाडै र ग्यारेन्टी गर्नका लागी संघ तथा प्रदेश सरकारलाई दवाव श्रृजना गर्ने, निर्वाचन क्षेत्रका सवै गाउँ वस्तीमा बिद्युतिकरण गर्ने लगाएतका एजेण्डाहरु रहेका छन ।

तपाईको प्रतिस्पर्धी पनि लोकप्रिय व्यक्ति हुनुहुन्छ, तपाईले चुनाव जित्ने आधार के छ ?

म यस अघी सल्यानको सदरमुकाम रहेको शारदा नगरपालिकाको मेयर भएर ५ वर्ष यहाँका जनताको सेवा गरि सकेको छु । मेरो कार्यकालमा यहाँ के-के बिकासका कामहरु भए त्यो सवैले महसुस गरिसक्नु भएको छ । म शारदा नगरपालिका वडा नं.२ को स्थाई वासिन्दा हुँ । जुनसुकै वेला र समयमा म जनताले खोज्दा उपस्थीत हुन सक्छु । बिकास निर्माण बाहेक म जनताका दैनिक समस्याहरुमा सारथी वन्न सक्छु । म मा कुनै खालको लोभ, लालच, मोह, परिवारवाद सहित अन्य कुनै पनी खालको लालसा छैन । त्यस्तै म मेयर हुनु भन्दा आगाडि जिल्ला बिकास समितिको उप-सचिव रहदा मैले समग्र सल्यानी जनताको सेवा गरेको छु । यी सवै कारणले गर्दा मलाई मेरो निर्वाचन क्षेत्रका जनताले जिताउनु हुन्छ भन्नेमा म ढुक्क छु । त्यसैगरी हामी यो निर्वाचनमा वाम-लोकतान्त्रीक गठवन्धन मार्फत चुनावि अभियानमा छौँ । मंसिर ४ गते पछि संघमा र प्रदेशमा गठवन्धनकै सरकार वन्ने निश्चित छ । यदि हामी गठवन्धनका उम्मेदवारहरुले निर्वाचनमा विजयी भएनौ भने सल्यान बिकास निर्माणमा अझै ५ वर्ष पछाडि पर्नेमा सल्यानी जनता सचेत छन । त्यसैले गर्दा सल्यानी जनताहरु मलाई रुख चिन्हमा मतदान गरेर बिजयी गराउन आतुर रहेको मैले वुझेको छु । अर्को तर्फ तपाईलाई कति थाहा छ, मेरो प्रतिद्धन्द्धी उम्मेदवार पनी लोकपृय व्यक्ति हुनुहुन्छ भन्नुभयो, उहाँका बारेमा, मतदाता माझमा गएर वुझ्नुस । उहाँ यो क्षेत्रको वासिन्दा पनी होईन । आफ्नो साविकको क्षेत्रमा उहाँ चुनाव किन उठनु भएन ? उहा यसअघि पदमा रहदा सल्यानको बिकासका लागी के-के काम गर्नु भयो । उहाँको विगत के हो भन्ने वारेमा मतदाताहरु सवै वुझेको हुँदा म प्रति मतादाताको अपार माया छ । मंसिर ४ गते मतदाताले रुख चिन्हमा मतदान गर्नेमा म विश्वस्त छु ।

तपाईको पार्टि भित्र व्यापक असुन्तुष्टि छ भन्छन, पार्टिका नेताहरु बाट कतिको सहयोग पाउनु भएको छ ?

कस्ले भन्यो व्यापक असन्तुष्टि छ भनेर । तपाईलाई सल्यानको बारेमा थाहै छैन । तपाईले देखि रहनु भएको छ । जिल्ला, क्षेत्र र नगरका सवै नेतागणहरु निर्वाचनमा होमिनु भएको छ । म शुरेस अधिकारी भन्दा पनी काग्रेसले टिकट पाएको छ । रुख चिन्ह मार्फत चुनावि मैदानमा उभिएको छु । हो यस अघि पार्टिको आन्तरिक चुनावमा हामि विचमा गुट (समूह) थियो । २ वटा गुट भन्दा पनि समूह भन्छु, हामि पार्टिको चुनावमा होमिएका थियौ । त्यो भनेको पार्टिका आन्तरिक प्रतिस्पर्धा थियो र सकियो । यो प्रजातान्त्रिक प्रणालिको सुन्दर पक्ष पनि त हो नि । तर यो पार्टिको महाधिवेसन होईन । यहाँ व्यक्ति भन्दा पनी पार्टिले जित्ने वा हार्ने सवाल छ । त्यसैले तपाईले भने जस्तो असन्तुष्टि, गुनासो वा असहयोग भन्ने छैन । जिल्लाका सवै नेतागण संग मेरो कुरा भएको छ । सवैवाट मैले अपेक्षा गरे भन्दा धेरै सहयोग पाएको छु । धुलो, धुवा, जाडो, खानपिन केहि पनी नभनि नेतागणहरु गठवन्धनका उम्मेदवाहरुलाई जिताउनका लागि अहोरात्र खटनु भएको छ । आज पात्रको रुपमा म उम्मेदवार छु, ५ वर्ष पछि अर्को साथीको पालो आउछ । त्यतिवेला म अहोरात्र खटछु यो एउटा प्रक्रिया पनि हो । मैले चुनावी अभियानका क्रममा जिल्ला, क्षेत्र, नगर र वडाका सवै साथीहरु संग भेटेको छु । यदि कोहि कसै साथी संग नियतवस नभई चुनावी दौडधुपका कारण भेटन नसकेको रहेछु भने तपाईको यहि लोकपृय अनलाईन मार्फत अव मंसिर ४ आउन केहि दिन मात्र वाँकि रहेको हुँदा आफनो ठाउँबाट लाग्न र गठवन्धनका उम्मेदवारलाई विजयी गराउने अभियानमा लाग्न आग्रह, अनुरोध गर्दछु ।

अब तपाईको व्यक्तिगत कुरा गरौ जन्म, वाल्यकाल अनि पठन-पाठन कहाँ भयो हजुरको ।

म सल्यान जिल्ला हालको शारदा नगरपालिका वडा नं.२ मा सोमराज अधिकारी र ज्ञानु अधिकारीको कोख बाट जन्मीएको हुँ । मेरो बाल्यकाल यहि वितेको हो । मेरो पढाई लेखाई समेत यहि हाई स्कुलमा भएको हो । स्कुल जिवन देखि वि.ए.सम्मको पढाई यहि सल्यान क्याम्पस बाट र एम.ए.चाहि दाङबाट गरेको हुँ । मेरो वुवा समेत प्रजातान्त्रिक आन्दोलनमा लागेको व्यक्ति हुनुहुन्थ्यो । त्यसैले म स्कुल जिवन देखि नै नेपाली काग्रेसको भात्रृ संघ नेविसंघ मार्फत राजनितिमा जोडिएको हुँ । २०४६ सालको जनआन्दोलनमा प्रजातन्त्र प्राप्तिको लागि भएको आन्दोलनमा पर्चा, पम्पेलेट वाडेको भनेर मलाई स्थानिय प्रशासनले हिरासतमा समेत राखेको थियो । त्यसैगरी राजनितिकै क्रममा म सल्यान वहुमुखि क्याम्पसको २०४९ देखि २०५१ साल सम्म नेपाल बिद्यार्थि संघको तर्फबाट संस्थापक स्ववियु सभापती भएको थिए । त्यसपछिका दिनमा म जिल्ला विकास समिति सल्यानको कर्मचारिको रुपमा काम गर्नुका साथै कांग्रेसकै शुभेच्छुक संस्था कर्मचारी संघ र कर्मचारी युनियन सल्यानको संस्थापक अध्यक्ष समेत रहेर काम गरेको थिए । यसअघि तपाईलाई थाहै छ म २०७४ सालको पहिलो स्थानिय तह निर्वाचन मार्फत सल्यान शारदा नगरपालिकाको मेयरमा निर्वाचित भएर ५ वर्ष जनताको सेवा गरेको छु ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?

सर्वप्रथम मलाई आफ्ना कुरा राख्ने अवसर दिनु भएकोमा तपाई लगायत तपाईको अनलाईन मिडिया सम्पुर्णकुरा लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । म राजनीतिक व्यक्ति हुँ । अहिले देश संकटमा छ । दुई तिहाई वहुमत नजिक रहेको एमालेको सरकार र त्यसका अध्यक्ष केपि वलिले पटक-पटक संसद विघटन गरेर संविधान माथी नै प्रहार गर्ने तथा बिभिन्न समयमा भएका आन्दोलन मार्फत जनताले प्राप्त गरेका उपलव्धीलाई समेत मास्न खोजेको हुँदा त्यसको बिरुद्धमा बाम-लोकतान्त्रीक गठवन्धन मार्फत चुनावी मोर्चामा छौ । जनताले लोकतान्त्रिक संविधानको रक्षा, राष्ट्रियता, अखण्डता, स्थाईत्वका लागी गठवन्धनका उम्मेदवारहरुलाई मतदान गरी विजयी वनाउन आग्रह गर्दछु । साथै म निर्वाचनका दौरानमा सवै मतदाता कहाँ पुग्ने प्रयासमा छु । यदि समय अभावका कारण पुग्न सकेन भने पनी मेरो यसै भनाई लाई आधार मानेर मतदानमा सहभागी हुन र रुखमा छाप लगाउन आग्रह गर्दै विजय पश्चात् आशिर्वाद लिन आउने वाचा गर्दछु । धन्यवाद ।