शाहको समर्थनमा युवा वर्ग सक्रिय

कार्तिक ३०, २०७९


कार्तिक ३० कपिलवस्तु।

कपिलवस्तु जिल्लामा निर्वाचनको शरगर्मीका बीच गठबन्धनका उम्मेदवार अभिषेक प्रताप शाहले युवा समूह आफ्नो शक्ति भएको बताउनुभएको छ ।
कपिलवस्तु क्षेत्र ३ को प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका गणेश जिसीले समर्थन गरेपछि युवा वर्गमा व्यापक समर्थन रहेको निवर्तमान सांसद शाहको भनाई छ ।
क्षेत्र ३ का पार्टीका उम्मेदवारहरू चुनावमा आ-आफ्नो एजेण्डा सहित घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन। यसै गरि प्रतिनिधि सभा ३ का र उम्मेदवार अभिषेक प्रताप शाह पनि आफ्नो समर्थक तथा नेता कार्यकर्ता लिई निर्वाचनमा सक्रिय छन्।नेता शाहको नेतृत्व मा कृष्णनगर, विजयनगर शिवराज तथा महाराजगंज पालिकाको विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरिएको छ ।

नेपाली कांग्रेस निकट नेता शाह प्रतिनिधि सभा सदस्य बनाउन युवा वर्गमा धेरै लोकप्रियता रहेकाले अन्य उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको छ । नेता शाहलाई क्षेत्रका जनताले तीन पटक विजयी गराईसकेको तथा आफूलाई पुनः जनताले विजयी बनाउने विश्वास व्यक्त गरे । आफूले क्षेत्रका युवाहरूको शिक्षा तथा युवा रोजगार सृजनामा विशेष ध्यान दिदै स्वास्थ्य तथा कृषि क्षेत्रमा योगदान दिने बताए । शाहले युवाप्रति समर्पण र सहकार्यले निकै नै लोकप्रिय एवं सफल उमेमदवार बन्दै गएको चर्चा बढदै गएको छ।