पशुपति महिला बचत तथा ऋण सहकारी सस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न

कार्तिक ३०, २०७९


तुलसीपुर, ३० कात्तिक ।
पशुपति महिला बचत तथा ऋण सहकारी सस्थाको १५ औं बार्षिक साधारणसभा तुलसीपुरमा सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका बिच उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सस्थाका अध्यक्षता यमुना शाह कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व संविधान सभा सदस्य अनारकली मियाले सहकारीले महिलाहरुको जिबनस्तरमा परिबर्तन ल्याएको बताउनु भयो । बचत गर्ने बानिले महिलाहरुलाइ आर्थिक रुपमा महिलाहरुलाइ बलियो बनाउनुका साथै स्वाभलम्बिक बन्ने धाराना ब्यत्क्त गर्नु भयो ।

कार्यक्रमको विशिष्ट अतिथि निवर्तमान महिला मानव अधिकार रक्षक सञ्जाल दाङ को अध्यक्ष्य सुष्मा गिरीले सहकारीले बचत गर्ने मात्र नभई नेतृत्वदायी भूमिका निर्वाह गर्ने काम गरेको बताउनु भयो । महिलाहरुलाई एकताबद्ध गराउन पशुपतिले सहकारीले महत्वपूर्ण भूमिका खेलेको र नमूना सहकारी बनेको समेत धारणा राख्नु भयो ।

यस्तै सहकारीको संस्थापक अध्यक्ष प्रभा खड्काले निम्न आय भएका महिला दिदीबहिनीलाई थोरै बचत बाट धेरै ऋण कर्जा लिई व्यबसायीक बन्न अभिप्रेरित गरेको बताउनु भयो । दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक गिरिले बिजयी पछि सहकारीलाई स्तरबृदी गरि धेरै भन्दा धेरै ब्यक्तिलाओ बचत गर्ने बानिको बिकास गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा भुमी आयोग जिल्ला सदस्य कमला जिसि लगाएतले मनत्बय राखेका थिए । । त्यस अबसरमा कोसाधय्क्स सितारा नेपालीले लेखापरीक्षण प्रतिबेदन प्रस्तुत गरेकी थिइन । उक्त सहकारी सस्थामा ७१८ सेयर सदस्य महिलाहरु आबद्ध छन ।सस्थाका उपाध्यक्ष लक्ष्मी वलिको स्वागत मनत्बय बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब सुशिला भटटाराईले गरेकी थिइन् ।