युवा सघ दाङका उपाध्यक्ष वली सहित ३ सय युवा नेपाली काग्रेसमा प्रवेश

तुलसीपुर, मङ्सिर १ । राष्ट्रिय बाणिज्य सघ तुलसीपुर नगरको उपाध्यक्ष निर्मल कुमार पौडेल, नेकपा एमाले निकट युबा सघ दाङका उपाध्यक्ष कृष्ण सागर वली सहित करिब ३ सय युवाहरु नेपाली काग्रेसमा प्रबेश गरेका छन । बिहिवार तुलसीपुरमा एक कार्यक्रमका बिच दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरी, दाङ क्षेत्र न ३ (क) का प्रदेश सभा सदस्य पदका उम्मेदवार डिल्ली चौधरी, लुम्बिनी प्रदेशका सासद शकर गिरी लगाएतका नेताहरुले फुलमालाले स्वागत गरेका हुन ।
त्यस अबसरमा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एबम नेपाली काग्रेसका केन्द्रिय सदस्य दीपक गिरीले नबप्रबेशी युवाहरु दत्तचित्त भएर पार्टीलाई सहयोग आग्रह गरे । युवाहरु परिबर्तनको सम्बाहक भएको भन्दै उनले आफू बिजयी भएर गएपछि युवाहरुका लागि अगाडी बढाउने तालिम तथा कार्यक्रमहरु ल्याउने तर्क गरे । नेपाली दाङ क्षेत्र नम्बर ३ का सभापति देबेन्द्र रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गरेका थिए ।