तुलसीपुरको किराना पसलमा आगलागी हुँदा लाखौको क्षेति

मङि्सर ०२, २०७९


तुलसीपुर, २ मंसिर ।

दाङको तुलसीपुर –५ बसपार्कमा रहेको विशाल किराना पसलमा गएराति आगलागी भएको छ । पसलमा आगलागी हुँदा खाद्यान्न, बिस्कुट, चाउचाउ लगायतका लाखौको मूल्यको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो । आगलागीको खबर पाए लगत्तै तुलसीपुर उपमहानगरपालिकाको दमकल, स्थानीयबासी, शसस्त्र प्रहरी, जनपथ प्रहरीको सहयोगमा आगो आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीको कारण र  क्षतिको विस्तृत   विवरण भने आइसकेको छैन् । आगलागीको खबर पाए लगत्तै नेकपा एमालेबाट क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोमल वली एमालेबाट प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्का, तुलसीपुर उपमहानगरपालिका ५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, कोषाध्यक्ष सन्तोष खड्का लगायतले घटना स्थलमा पुगेर क्षतिको बारेमा जानकारी लिनुभएको थियाे ।