निर्वाचन पूर्वको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक

मङि्सर ०२, २०७९


काठमाडौं २ मंसिर । 

यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनभन्दा पूर्वको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै आम निर्वाचन पर्यवेक्षण समितिले निर्वाचन पूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको जानकारी दिएको हो ।

समितिले निर्वाचन पूर्व कुनै पनि राजनीतिक पार्टीका कार्यकर्ताबीच आपसी तिक्तता रहेको अवस्था नपाएको बताएको छ। निर्वाचन आयोग तथा सरकारका सुरक्षा निकायहरुले विगतको तुलनामा सुदृढ रुपमा निर्वाचनको तयारी भएको समितिले जनाएको छ।

समितिले विगतका निर्वाचनको अनुभवले अहिलेको निर्वाचनमा मतदाता नामावली, उम्मेद्वार दर्ता, निर्वाचन आचारसंहीता पालना, सुरक्षा प्रवन्ध, मतपत्र, मतदान केन्द्र, मतदाता शिक्षा, कर्मचारी व्यवस्थापनमा सुधार भएकोसमेत प्रतिवेदन सार्वजनिक भएको छ।