बिजौरीमा भोज खुवाउन हिडेका वडा अध्यक्ष माधव ओली लखेटिए

मङि्सर ०३, २०७९


दाङ ३ मंसीर ।

मौन अवधिमा मतदातालाई प्रभावित पार्न सातकुलेमा भोज खुवाउन पुगेका वडा अध्यक्ष माधव ओली गाउँबाट लखेटिएका छन्। तुलसीपुर उपमहानगरपालिका-१८ का अध्यक्ष रहेका ओली भोज खुवाउन हिडेको सूचना पाएर प्रहरी पुगेपछि भागेका हुन्।

बा १८ च ५००८ नम्बरको जिपमा आएका ओलीलाई पक्राउ गर्न खोज्दा भागेको प्रहरीले जनाएको छ। वडा सदस्य बसन्ती नेपालीको घरमा गाउँलेलाई भोज खुवाउन लागेको सूचना पाएपछि प्रहरी बसन्तीको घरमा पुगेको थियोे।

ओलीले जनप्रतिनिधि गाउँ आउन नपाउने भन्दै प्रहरीसँग विवादमा समेत उत्रिएका स्थानीयले बताएका छन्। प्रहरीले नियन्त्रणमा लिन खोजेपछि ओली भागेका थिए।

यसैबीच गएराती युथफोर्सका कार्यकर्ताले गाउँमा पुगेर स्थानीयलाई सूर्यमा भोट नहाले हात काटेर फाल्ने भन्दै धम्की दिएका थिए।