पत्रकार महासंघ दाङ शाखाको गम्भिर ध्यानाकर्षण

मङि्सर ०४, २०७९


तुलसीपुर, ४ मंसिर ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानका क्रममा आज जिल्लाका बिभिन्न मतदान स्थलमा पत्रकारहरुलाई प्रवेश गर्न, फोटो खिच्न र समाचार संकलन गर्न अबरोध सिर्जना गरेकोमा नेपाल पत्रकार महासंघ दाङ शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।

लोकतन्त्रको महत्वपूर्ण आधारका रुपमा रहेको निर्वाचनका गतिबिधिहरुलाई जनतामाझ पु¥याउने पत्रकारहरुको कर्तव्यलाई नियन्त्रण गर्ने कार्य निन्दनीय भएकाे बताउँदै  पटकपटक मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई अनुरोध गर्दा पनि पत्रकारहरुलाई समाचार संकलनमा सहज पहुँच नभएकोमा महासंघ दुःख प्रकट गर्दछ  महासंघका अध्यक्ष दुर्गालाल केसीद्धारा जारी विज्ञेप्तीमा भनिएको छ ।

 मतदान र मतगणना कार्यको समाचार संकलनमा पत्रकारहरुलाई सहज पहुँच उपलब्ध गराउन महासंघ निर्वाचन आयोग लगाएत सम्बन्धित सबै निकायमा हार्दिक अपिल गर्दछ । पत्रकारहरुलाई सूचना संकलनमा कतै पनि अबरोध सिर्जना नगरी प्रेस स्वतन्त्रता र सूचनाको हकको सम्मान गर्न हामी सबैलाई हार्दिक आग्रह गर्दछौं विज्ञेप्तीमा भनिएको छ ।