दाङ क्षेत्र नं. १ को मतगणना सुरु
मङि्सर ०५, २०७९
![](http://sampurnakura.com/wp-content/uploads/2022/11/316536754_1111190259530606_8222560062329712740_n-1-1536x864-1-1024x576.jpg)
दाङ, ५ मंसिर ।
दाङ क्षेत्र नं.१ को प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । दिउसो साढे १ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत मानबहादुर विष्टले बताए ।
क्षेत्र नं. १ मा एक लाख ३४ हजार ७ सय ३३ मतदाता मध्ये ८० हजार ७ सय मतदान भएको छ । क्षेत्र नं. १ को लमही नगरपालिकाको हलमा मतगणना भइरहेको छ ।
तुलसीपुरमा गठबन्धनबाट एकीकृत समाजवादीका मेटमणी चौधरी, एमालेबाट शान्ता चौधरी चुनाबी मैदानमा छन् ।